back
CTIZAN AD

किमसँगको कुराकानी लाभदायी : पोम्पेओ

वि.सं.२०७५ असोज २२ सोमवार

780 

shares

२२ असोज, सिओल । योन्हाप अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली नेता किम जोङ–अनबीच कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणलगायतका बिषयमा भएको कुराकानी उत्पादनमुलक भएको बताइएको छ ।

दुई नेताबीच करिब दुई घण्टा कुराकानी भएको बताउँदै अमेरिकी विदेशमन्त्री पोम्पेओले भने, “वार्ता सही र उत्तपादनमुलक भएको छ ।” कुराकानीपछि उहाँहरूसँगै बसेर खाना खाएका थिए ।

दुई नेताबीच कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरण प्रक्रिया र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेताबीचको दोस्रो शिखर सम्मेलनका बिषयमा केन्द्रित भएको उनले बताए ।

विदेशमन्त्री पोम्पेओले दुवै देशको सहमतिमा छिट्टै अमेरिकी राष्ट्रपति र नेता किमबीचको दोस्रो वार्ताको मिति तथा स्थान तय गरिने जानकारी गराए ।

अमेरिकी विदेशमन्त्री प्योङयाङबाट वार्तामा भएका बिषयलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनलाई तथा विदेशमन्त्री काङ क्युङ ह्वालाई जानकारी गराउन आइतबार नै सिओलतर्फ प्रस्थान गरेका थिए ।

राष्ट्रपति ट्रम्पले भनेजस्तै वार्ताका क्रममा धेरै चरण पार गर्नुपर्ने भएको र जसमध्ये आज एउटा चरण रहेको थियो । यो अगाडी बढ्ने मार्ग तय गर्नका लागी अर्को कदम हो, पोम्पेओले दक्षिण कोरियाली राष्ट्रपति मुनलाई ब्लु हाउसमा जानकारी गराए । “त्यसैले मलाई लाग्छ यो हामी सबैका लागि राम्रो प्रतिफल भएको छ ।”

अमेरिकी कुटनीतिज्ञले आणविक निशस्त्रीकरण र वासिङटनसँगको ‘स्थिर सम्बन्ध’ निर्माण गर्न खेलेको भूमिकाका लागि सिओललाई धन्यवाद दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीचको वार्तालाई वातावरण मिलाउने सिलसिलामा पोम्पेओ शनिबार जापान आइपुगेका थिए भने आइतबार प्योङयाङ पुगेका थिए । अमेरिकी विदेशमन्त्रीका रूपमा पोम्पेओको योे भ्रमण उत्तर कोरियाका लागि चौथो हो ।

पोम्पेओले शनिबारै टोकियोमा प्रधानमन्त्री सिन्जो आवे र विदेशमन्त्री तारो कानोसँग उत्तर कोरियाबारे छलफल गरेका थिए । उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्दा जापानी भूभाग भएर भएका र यसबाट जापानी जनतामा निकै त्रासको अवस्था बनेको थियो ।

जापानले प्योङयाङ नेतृत्वलाई कडा दबाब सिर्जना गर्नुपर्ने बताउँदै आएको छ । जापानी प्रधानमन्त्री आवेले उत्तर कोरिया र जापानबीचको सम्बन्ध सुधारका लागि प्रत्यक्ष वार्ता गरेर मात्र अघि बढ्न सकिने बताएका थिए ।

पोम्पेओ सिओलबाट सोमबार चीनका लागि प्रस्थान गर्नुहुनेछ । चीन उत्तर कोरियाको बलियो राजनीतिक तथा आर्थिक सहयोगी मानिने गर्छ । तर पोम्पेओको बेइजिङ बसाइ भने सहज नहुने देखिएको छ । केही दिनपहिले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनलाई सैन्य उत्तेजना फैलाएको, व्यावसायिक चोरी गरेको, मानव अधिकार उल्लङ्घनका घटनामा बढोत्तरी गराएको र अमेरिकी निर्वाचनमा ट्रम्पविरुद्ध हस्तक्षेप गरेको लगायतका आरोप लगाएका कारण चीन अमेरिकासँग खुशी छैन ।

वि.सं.२०७५ असोज २२ सोमवार १०:०९ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...