२४ असोज वासिङटन । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा मङ्गलबार राजिनामा दिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजिनामा दिएकी हेली र ट्रम्पबीच स्थानीय समय अनुसार १०ः३० बजे राष्ट्रपतिको कार्यालय ओभल हाउसमा भेट हुने कार्यक्रम छ ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीको राजीनामाबारे केही नबताइकनै मेरो साथी निकी हेलीका विषयमा ठूलो घोषणा गर्न लागेको आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएन, फक्स न्यूज तथा द न्यूयोर्क टाइम्समा राजिनामाबारे समाचार प्रशारण भएका छन तर उनको राजिनामा आउनुको कारणबारे भने कसैले उल्लेख गरेका छैनन ।
वि.सं.२०७५ असोज २४ बुधवार १४:३६ मा प्रकाशित