back
CTIZAN AD

हिक्मत थापाद्धारा लिखित ‘चिबोकका केटीहरु’ कविता संग्रह सार्वजनिक (भिडीयो सहित)

वि.सं.२०७५ असोज २७ शनिवार

762 

shares

गैरआवासीय अभियन्ता हिक्मत थापाद्धारा लिखित ‘चिबोकका केटीहरु’ कविता संग्रह सार्वजनिक भएको छ ।
शनिबार विहान नेपाल हाउस बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच आख्यानकार गगन थापा, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जिवा लामिछाने, कवि शैलेन्द्र साकारले कविता संग्रहको विमोचन गरेका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय कोषाध्यक्ष समेत रहेका थापाद्धारा लिखित उक्त कविता संग्रहको विमोचन कार्यक्रममा एनआरएनए पूर्वअध्यक्ष जिवा लामिछानेले लेखकलाई बधाई दिदैं सरल भाषामा कविता संग्रह लेखिएको तथा आफूमा भएको लेखनकलालाई निरन्तरता दिन भन्दै शुभकामना दिएका थिए ।

त्यस्तै  वरिष्ठ कवि शैलेन्द्र साकारले थापाका कवितामा जन्मभूमिको माया र कर्मभूमिको माया समेटिएको बताउँदै अबको संसार ग्लोवल भिलेज भइसकेको अवस्थामा लेखकले फराकिलो मन बनाएर लेख्न पर्ने बताए । उनले थापाको संग्रहमा पनि नाइजेरियामा बोकोहरामका विद्रोहीबाट अपहरण गरिएका नानीहरुको पीडालाई कवितामा उतारिएको पाइएको बताए ।

उनले डायस्पोरामा रहेर दुई तरिकाबाट साहित्य लेखन गरिएको पाईएको बताए । एउटा जुन देशमा बस्यो, त्यो देशको समृद्धि, पीडा, समवेदनामा लेख्ने गरेको र अर्को देश छोेडेर गएपनि देश आफ्नो देशको डाँडाकाँडा, छहरा, छाँगा, कला संस्कृतिललाई सम्झेर लेखिने गरेको बताएका थिए ।

साहित्यकार सुविद गुराईको सञ्चालन रहेको उक्त विमोचन कार्यक्रममा लेखक थापाले आफ्ना कविताहरु धेरैजसो ४० को दशकमा लेखिएको बताउँदै ‘चिबोकका केटीहरु’ कविता संग्रह इश्वरको नाममा राज्य मागेर आन्तरिक द्धन्द्ध चर्काइरहेका नाइजेरियाका बोकोहराम समुहद्धारा स्कुलको होस्टलबाट अपहरणमा परेर यौनदासी बन्न बाध्य भएका किशोरीहरुको पीडामा लेखिएको कविताको शिर्षक नै ‘चिबोकका केटीहरु’ रहेको बताएका थिए । अपहरणमा परेका किशोरीमध्ये केही अपहरण मुक्त भएपनि अझै ७० भन्दा बढी किशोरीहरु बोकोहरामको यौनदासी भएर बस्नु परेको पीडामा कविता लेखिएको बताए ।

एनआरएनए उपाध्यक्षद्धय कुल आचार्य, सपिलाराज भण्डारी, सचिव जानकी गुरुङ, महिला संयोजक रजनी श्रेष्ठ, अफ्रिका संयोजक सुनिल कार्की, एनआरएरनए कृषि प्रवद्र्धन समितिको संयोजक युवराज गुरुङलगायतका एनआरएनए अयिन्ताहरु तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

संसारन्युजका लागि थापाको कविता संग्रहबाट कविता बाचन गर्दै कवियत्री संगीता पनेरु

https://www.youtube.com/watch?v=xv6K6opuMcc

वि.सं.२०७५ असोज २७ शनिवार १३:५८ मा प्रकाशित