back
CTIZAN AD

टर्कीमा १९ जना आप्रवासीको मृत्यु, ११ जना घाइते

वि.सं.२०७५ असोज २८ आइतवार

579 

shares

२८ असोज, इस्तानबुल ।  टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलुले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु भएको जनाएको छ । मारिनेमा अधिकांश बालबालिका छन् ।

आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी प्रान्त इज्मीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अरु ११ जना घाइते भएका छन् । घाइतेहरुलाई नजिकको अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुको पहिचान अझै खुलेको छैन ।

भिडियो तस्वीरमा दुर्घटनाग्रस्त ट्रक पल्टिएको र यात्रारत व्यक्तिहरुका सामान यत्रतत्र छरपस्ट रहेको भेटिएको छ ।

विगत केही वर्षदेखि टर्कीबाट हजारौं आप्रवासीहरु समुद्रको बाटो हुँदै युरोपेली युनियनको सदस्य राष्ट्र ग्रीसतर्फ प्रस्थान गरेका छन् । सन् २०१६ मा टर्की र युरोपेली युनियनबीच आप्रवासी प्रवेशमा कडा नीति अवलम्बन गर्नेगरी सम्झौता भएपनि गैरकानुनी तरिकाबाट आप्रवासीहरु ग्रीस प्रवेश गरिरहेका छन् ।

वि.सं.२०७५ असोज २८ आइतवार १६:५४ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...