back

टर्कीमा १९ जना आप्रवासीको मृत्यु, ११ जना घाइते

वि.सं.२०७५ असोज २८ आइतवार

279 

shares
GLOBAL IME AD
NTC AD

२८ असोज, इस्तानबुल ।  टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलुले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु भएको जनाएको छ । मारिनेमा अधिकांश बालबालिका छन् ।

आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी प्रान्त इज्मीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अरु ११ जना घाइते भएका छन् । घाइतेहरुलाई नजिकको अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुको पहिचान अझै खुलेको छैन ।

भिडियो तस्वीरमा दुर्घटनाग्रस्त ट्रक पल्टिएको र यात्रारत व्यक्तिहरुका सामान यत्रतत्र छरपस्ट रहेको भेटिएको छ ।

विगत केही वर्षदेखि टर्कीबाट हजारौं आप्रवासीहरु समुद्रको बाटो हुँदै युरोपेली युनियनको सदस्य राष्ट्र ग्रीसतर्फ प्रस्थान गरेका छन् । सन् २०१६ मा टर्की र युरोपेली युनियनबीच आप्रवासी प्रवेशमा कडा नीति अवलम्बन गर्नेगरी सम्झौता भएपनि गैरकानुनी तरिकाबाट आप्रवासीहरु ग्रीस प्रवेश गरिरहेका छन् ।

वि.सं.२०७५ असोज २८ आइतवार १६:५४ मा प्रकाशित

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय...

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास)ले युद्धविराम सम्झौता अनुसार पहिलो...

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २०...

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ...

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

  याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा...

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा...