back
CTIZAN AD

क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प

वि.सं.२०७५ कात्तिक ५ सोमवार

726 

shares

 

५ कात्तिक,वासिङ्टन (रासस/एएफपी) । क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन् ।

पहिलो ६.६ म्याग्नीच्यूडको भूकम्प स्थानीय समय अनुसार १० बजेर ३९ मिनेट जाँदा गएको थियो । यो भूकम्पको केन्द्रविन्दु अमेरिकी सियाटलबाट ३५५ किमी उत्तरपश्चिममा रहेको छ ।

दोस्रो ६.८ म्याग्नीच्यूडको भूकम्प एक घण्टापछि अर्थात ११ बजेर १६ मिनेटमा क्यानेडाली सहर पोर्ट हार्डीभन्दा १२२ माइल दक्षिणपश्चिममा गएको थियो ।

त्यसको छ मिनेटपछि ६.५ म्याग्नीच्यूडको भूकम्प पोर्ट हार्डीबाट १३८ माइल दक्षिणपश्चिममा गएको थियो । लगत्तै सोही स्थानमा केही कमजोर ४.९ म्याग्नीच्यूडको भूकम्प गएको पनि अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ ।

भूकम्पबाट धनजनको क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन । साथै अधिकारीहरुले सुनामीको चेतावनी समेत जारी गरेका छैनन् ।

यो क्षेत्र उत्तरी भ्यान्कुभर द्वीपदेखि उत्तरी क्यालिफोर्नियासम्मको क्षेत्रमा फैलिएको विशाल फल्टलाइनमा पर्दछ ।

वि.सं.२०७५ कात्तिक ५ सोमवार १५:५६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...