back

दिल्लीको हावाको गुणस्तर कमजोर

वि.सं.२०७५ कात्तिक ५ सोमवार

324 

shares
GLOBAL IME AD
NTC AD
फाइल फोटो

५ कात्तिक, नयाँदिल्ली । भारतको राजधानी सहर नयाँदिल्लीको वायुको गुणस्तर कमजोर रहेको पाइएको छ । सोमबार दिल्लीका अधिकांश ठाउँको वायुको गुणस्तर २०० अङ्कभन्दा माथि रहेको छ ।

वायु गुणस्तर सूचक (एक्यूआई) अनुसार दिल्लीको लोधिया सडक क्षेत्रमा सोमबार बिहान वायुको गुणस्तर पिएम २.५ र पिएम १० क्रमशः २१९ र २३७ रहेको छ ।

वायुको गुणस्तर सूचक शून्यदेखि ५० सम्म रहेमा त्यसलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सन्तोषजनक, १०१ देखि २०० सम्म मध्यम, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० भएमा ज्यादै कमजोर तथा ४०१ देखि ५०० भएमा गम्भीर मानिन्छ ।

व्दारकामा वायुको गुणस्तर ३६१ र नाडेलाको ३०० रेकर्ड गरिएको थियो ।

छिमेकी राज्यहरु पन्जाब र हरियणामा नियमित रुपमा घाँस पराल बाल्ने गरेका कारण नयाँदिल्ली र एनसीआरमा वायुको गुणस्तर खस्किएको हो ।

त्यस्ता वस्तु बाल्न निषेध गरिए पनि कृषकहरुले अझै रोकेका छैनन् किनभने उनीहरुसँग अन्य उपयुक्त विकल्प उपलब्ध छैन । उनीहरुले आफ्ना कारणले नभई उद्योगहरु र सवारी साधनका कारण नयाँदिल्लीमा प्रदूषण बढेको आरोप लगाउँदै आएका छन् ।

वि.सं.२०७५ कात्तिक ५ सोमवार १५:५८ मा प्रकाशित

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...