back
CTIZAN AD

दिल्लीको हावाको गुणस्तर कमजोर

वि.सं.२०७५ कात्तिक ५ सोमवार

825 

shares
फाइल फोटो

५ कात्तिक, नयाँदिल्ली । भारतको राजधानी सहर नयाँदिल्लीको वायुको गुणस्तर कमजोर रहेको पाइएको छ । सोमबार दिल्लीका अधिकांश ठाउँको वायुको गुणस्तर २०० अङ्कभन्दा माथि रहेको छ ।

वायु गुणस्तर सूचक (एक्यूआई) अनुसार दिल्लीको लोधिया सडक क्षेत्रमा सोमबार बिहान वायुको गुणस्तर पिएम २.५ र पिएम १० क्रमशः २१९ र २३७ रहेको छ ।

वायुको गुणस्तर सूचक शून्यदेखि ५० सम्म रहेमा त्यसलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सन्तोषजनक, १०१ देखि २०० सम्म मध्यम, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० भएमा ज्यादै कमजोर तथा ४०१ देखि ५०० भएमा गम्भीर मानिन्छ ।

व्दारकामा वायुको गुणस्तर ३६१ र नाडेलाको ३०० रेकर्ड गरिएको थियो ।

छिमेकी राज्यहरु पन्जाब र हरियणामा नियमित रुपमा घाँस पराल बाल्ने गरेका कारण नयाँदिल्ली र एनसीआरमा वायुको गुणस्तर खस्किएको हो ।

त्यस्ता वस्तु बाल्न निषेध गरिए पनि कृषकहरुले अझै रोकेका छैनन् किनभने उनीहरुसँग अन्य उपयुक्त विकल्प उपलब्ध छैन । उनीहरुले आफ्ना कारणले नभई उद्योगहरु र सवारी साधनका कारण नयाँदिल्लीमा प्रदूषण बढेको आरोप लगाउँदै आएका छन् ।

वि.सं.२०७५ कात्तिक ५ सोमवार १५:५८ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...