दशैंमा आएन भनी,आँशु नझार्नु बाबा आमा
सगुन दिउँला भनी, फुल नटार्नु बाबा आमा ।
नमरी बाँचेमा, अर्को साल आउँला घर,
दुःखी भई आँशु गहभरि नपार्नु बाबा आमा ।
पसिना बगाई एक दिन तिरौंला ऋण नि,
मरेको छैन यो छोरी हिम्मत नहार्नु बाबा आमा ।
सम्हाल्नु त्यो मन,रातो टीका जमरा संगै,
छोरीको यादमा,आँशु तल नसार्नु बाबा आमा ।
बिदेश छोरी,अर्को साल अवश्य आउँला,
म नफर्के सम्म,सुख–दुःख बढार्नु बाबा आमा ।
वि.सं.२०७५ कात्तिक ७ बुधवार १०:५६ मा प्रकाशित