back

रियादस्थित अस्पतालमा गाबोनका राष्ट्रपति भर्ना

वि.सं.२०७५ कात्तिक १० शनिवार

324 

shares
GLOBAL IME AD
NTC AD

१० कात्तिक, रियाद । एएफपी गाबोनका राष्ट्रपति अलि बोङगो साउदी अरबको रियादस्थित अस्पतालमा भर्ना भएका छन् ।

साउदीको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमहरूले उनी अस्पताल भर्ना भएको जनाएपछि विस्तृत विवरण भने दिएका छैनन ।

साउदीका युवराज मोहम्मद विन सल्मानले अस्पताल पुगेर बोङगोलाई भेटेका छन् । युवराज सल्मानले उहाँको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएका छन् ।

राष्ट्रपति बोङ्गोलाई रियादको किङ्ग फैसल हस्पिटलमा भर्ना गरिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

रियादमा भएको ‘फर्दर इन्भेस्टमेन्ट इनिसियटिभ फोरम’मा मुख्य वक्ताका रूपमा सहभागी हुने तालिका भएपनि ५९ बर्षिय बोङगो अस्पताल भर्ना भएका छन् ।

गत सन् २०१२ मा अलि बोङगो राष्ट्रपतिमा पुनर्निर्वाचित भएका थिए । उनलाई निर्वाचित गराएको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै विवादित बनेको थियो ।

वि.सं.२०७५ कात्तिक १० शनिवार १२:१४ मा प्रकाशित

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...