back
CTIZAN AD

नेतृ खालेदा जियालाई दोब्बर जेल सजाय

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

618 

shares

१३ कात्तिक, ढाका ।  बङ्गलादेशको उच्च अदालतले विपक्षी नेतृ खालेदा जियाको जेल सजायलाई पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ । सोमबार उनीमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

भ्रष्टाचारको आरोपमा तल्लो अदालतले यसअघि जियालाई १० वर्ष जेल सजाय हुनुपर्ने सजाय तोकेको थियो । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगका वकील खुर्शिद खानले उच्च अदालतले तल्लो अदालतले सुनाएको यसअघिकै फैसलालाई सदर गरेको जानकारी दिए ।

बङ्गलादेश नेसनिस्ट पार्टी (बीएनपी)ले जियामाथि अदालतले सुनाएको आदेश पूर्वाग्रही र राजनीतिक प्रेरित रहेको भन्दै मङ्गलबार राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ । हाल जियाले नै बीएनपीको नेतृत्व गरिरहेका छन् ।

आगामी संसदीय निर्वाचनमा जियालाई सहभागी हुनबाट रोक्ने गरी अदालतबाट एकपछि अर्को आदेश आएको विपक्षीहरुको भनाइ छ । बङ्गलादेशका महान्यायाधीवक्ता महाबुबे अलामले उच्च अदालतबाट सफाई नपाएको अवस्थामा जियाले चुनावमा भाग लिन नपाउने बताए ।

प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई भ्रष्टाचारको आरोपमा सात वर्षका लागि गत फेब्रुअरीदेखि थुनामा राखिएको छ ।

पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ ।

पछिल्लो आदेशका कारण हसिनामाथि जियाले राजनीतिक चुनौती दिने सम्भावना घटेर गएको छ । बीएनपीका वकीलले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन् ।

जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो । जियामाथि हिंसा फैल्याएको र भ्रष्टाचारसँग सम्बन्धित अरु मुद्दा पनि अदालतमा विचाराधीन छन् । ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि गम्भीर रहेको छ । उनलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताएको छ ।

जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उहाँका वकीलले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् ।

गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार १८:१० मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...