back
CTIZAN AD

डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

वि.सं.२०७५ कात्तिक १४ बुधवार

537 

shares

१४ कात्तिक, रोम, इटाली । इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको यहाँको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन् । हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन् ।

आँधीका रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका थिए ।

इटालीको भेनिस शहरमा १८० किलोमिटरको गतिमा आएको हुरीका र व्यापक बर्षाका कारण कतिपय गहिरा क्षेत्रहरू डुबानमा परेका छन् ।

अधिकारीहरूले दिएको जानकारी अनुसार बर्षापछि मङ्गलबार गएको पहिरोले घर पुर्दा ट्रेन्टिनोमा एक महिलाको मृत्यु भएको छ भने सोमबार उक्त क्षेत्रमा करिब पाँच जनाको मृत्यु भएको बताइएको छ । दक्षिणी टायरोलमा उद्धारका लागि खटेका एक जना अग्नी नियन्त्रकको मृत्यु भएको छ भने भेनेटोमा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये विदेशी नागरिक रहेको सूचना नपाइएको इटालीका अधिकारीले जनाएका छन् । हिमबर्षाका कारण स्वीट्जरल्याण्डको स्टेलभियो पास क्षेत्रमा पर्यटक तथा होटेल कर्मचारीसहित १७० जना फसेका बताइएको छ भने उनीहरूको उद्धारका लागि उद्धारकर्मीहरूलाई खटाइसकिएको छ ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार ११:२४ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...