back
CTIZAN AD

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

660 

shares

१६ कात्तिक, काठमाडौँ । नरदेवीस्थित नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ । चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ । विसं १९७४ वैशाख महीनामा चार शय्याबाट सेवा शुरु भएको सो चिकित्सालयले हाल ११८ शथ्या सञ्चालनमा ल्याएको छ ।

आयुर्वेद चिकित्सा उपचारको महत्वबारे अझै पनि आम जनतामा कम चेतना भएकाले त्यहाँ सेवा लिन जाने बिरामीको चाप उल्लेख्य रूपमा बढ्न सकेको छैन । नेपाल आयुर्वेद चिकित्सक सङघले बिहीबार प्रेश विज्ञप्ति प्रकाशित गर्दै आयुर्वेद चिकित्सा उपचारको पुरानो चिकित्सालयको रूपमा रहेको यस चिकित्सालयलाई यस क्षेत्रको केन्द्रीय चिकित्सालय बनाउन माग गरेको हो ।

सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीले नेपालको आफ्नै मौलिक चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद चिकित्सा सेवालाई विशेषज्ञ सेवासहित सबै स्थानीय निकायसम्म पु¥याउन आवश्यक रहेकामा जोड दिए । आयुर्वेद चिकित्सा पद्धतिबाट प्राय सबै रोगको उपचार हुने चिकित्सालयको जिकीर छ । विशेषगरी कामला (हेपाटाइटिस, जन्डिस), अम्लपित्त, पक्षघात (प्यारालाइसिस), पाइल्स, फिस्टुला र फिसरका बिरामीले बढी सेवा लिने गर्ने उक्त चिकित्सालयले जनाएको छ ।

पञ्चकर्म, क्षारसूत्र, अक्युपञ्चर, फिजियोथेरापीलगायत सेवा पनि त्यत्तिकै लोकप्रिय रहे पनि विशेषज्ञस्तरका विविध सेवामा दरबन्दी थप नहुनु, सरकारको उच्च प्राथमितामा आयुर्वेद चिकित्सा नपर्नु, अध्ययन अनुसन्धानमा बजेट कम हुनुलगायत कारणले उक्त चिकित्सालयको खासै प्रवद्र्धन हुनसकेको छैन ।

यसैबीच आयुर्वेद चिकित्साकलय नरदेवीको शतवार्षिकी कार्यक्रम साताव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । चिकित्सालयका प्रमुख डा बैकुण्ठरमण सुवेदीले चिकित्सालयलाई उत्कृष्ट सेवा केन्द्र बनाउन प्राथमिकता दिएको जानकारी दिँदै यसका लागि स्वास्थ्य मन्त्रालयले थप रकम विनियोजन गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०९:०९ मा प्रकाशित

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...