back

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

336 

shares
GLOBAL IME AD
NTC AD

१६ कात्तिक, काठमाडौँ । नरदेवीस्थित नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ । चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ । विसं १९७४ वैशाख महीनामा चार शय्याबाट सेवा शुरु भएको सो चिकित्सालयले हाल ११८ शथ्या सञ्चालनमा ल्याएको छ ।

आयुर्वेद चिकित्सा उपचारको महत्वबारे अझै पनि आम जनतामा कम चेतना भएकाले त्यहाँ सेवा लिन जाने बिरामीको चाप उल्लेख्य रूपमा बढ्न सकेको छैन । नेपाल आयुर्वेद चिकित्सक सङघले बिहीबार प्रेश विज्ञप्ति प्रकाशित गर्दै आयुर्वेद चिकित्सा उपचारको पुरानो चिकित्सालयको रूपमा रहेको यस चिकित्सालयलाई यस क्षेत्रको केन्द्रीय चिकित्सालय बनाउन माग गरेको हो ।

सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीले नेपालको आफ्नै मौलिक चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद चिकित्सा सेवालाई विशेषज्ञ सेवासहित सबै स्थानीय निकायसम्म पु¥याउन आवश्यक रहेकामा जोड दिए । आयुर्वेद चिकित्सा पद्धतिबाट प्राय सबै रोगको उपचार हुने चिकित्सालयको जिकीर छ । विशेषगरी कामला (हेपाटाइटिस, जन्डिस), अम्लपित्त, पक्षघात (प्यारालाइसिस), पाइल्स, फिस्टुला र फिसरका बिरामीले बढी सेवा लिने गर्ने उक्त चिकित्सालयले जनाएको छ ।

पञ्चकर्म, क्षारसूत्र, अक्युपञ्चर, फिजियोथेरापीलगायत सेवा पनि त्यत्तिकै लोकप्रिय रहे पनि विशेषज्ञस्तरका विविध सेवामा दरबन्दी थप नहुनु, सरकारको उच्च प्राथमितामा आयुर्वेद चिकित्सा नपर्नु, अध्ययन अनुसन्धानमा बजेट कम हुनुलगायत कारणले उक्त चिकित्सालयको खासै प्रवद्र्धन हुनसकेको छैन ।

यसैबीच आयुर्वेद चिकित्साकलय नरदेवीको शतवार्षिकी कार्यक्रम साताव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । चिकित्सालयका प्रमुख डा बैकुण्ठरमण सुवेदीले चिकित्सालयलाई उत्कृष्ट सेवा केन्द्र बनाउन प्राथमिकता दिएको जानकारी दिँदै यसका लागि स्वास्थ्य मन्त्रालयले थप रकम विनियोजन गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०९:०९ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...