back
CTIZAN AD

रूसद्वारा यूक्रेनी राजनीतिज्ञ तथा व्यवसायीविरूद्ध प्रतिबन्ध

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

654 

shares

 

१६ कात्तिक, मस्को ।  रूसले सयौँ यूक्रेनी नागरिक तथा दर्जनौँ कम्पनीविरूद्ध बिहीबार आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । प्रतिबन्ध यूक्रेनले रूसमाथि लगाएको पछिल्लो आर्थिक प्रतिबन्धको प्रतिरोधस्वरूप आएको मस्कोले जनाएको छ ।

प्रधानमन्त्री दिमित्री मेदभेदेभले सरकारी सञ्चारमाध्यममा प्रकाशित प्रतिबन्धसम्बन्धि उक्त कागजातमा अस्ताक्षर गर्नुभएको छ । पत्रमा ३२२ जना यूक्रेनी नागरिक तथा ६८ व्यापारिक प्रतिष्ठानको सम्पत्तीलाई रोक्का गर्ने जनाइएको छ ।

सम्पत्ती रोक्का गरिएका तथा रूससँग आर्थिक कारोबारका लागि प्रतिबन्ध लगाइएका व्यक्तिहरूमा यूक्रेनका पूर्व प्रधानमन्त्री यूलिया टाइमोसेन्को तथा गृहमन्त्री आर्सेन अभाकोभ लगायत रहेका पत्रमा जनाइएको छ । त्यसैगरी रक्षा मन्त्री र यूक्रेनी सभामुखलाई पनि प्रतिबन्ध लगाइएको छ ।

रूसले प्रतिबन्ध लगाएका कम्पनीहरूमा अधिकांश रासायनिक कम्पनी तथा खानीजन्य कम्पनी परेका पनि मस्कोले जनाएको छ ।

मस्कोले रूसी नागरिक तथा कानूनी निकायमाथि यूक्रेनमा शत्रुवत व्यवहार देखाएको दावी गर्दै उनीहरूलाई आर्थिक प्रतिबन्ध लगाइएको जनाएको छ ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनले यदि कीभको तर्फबाट सम्बन्धलाई सामान्यिकरण गर्ने राजनीतिक पहल व्यक्त भएमा प्रतिबन्धलाई हटाउन आफुहरू तयार रहेको जनाएका छन् ।

रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँगको नियमित जानकारीमा यूक्रेनी अधिकारीबाट तत्काल प्रतिबन्ध हटाउने पहलका लागि केही नजनाएको बताए ।

यूक्रेनी पूर्व प्रधानमन्त्रीले आफ्नो रसियासँग कुनै व्यवसायिक उपस्थिति नरहेकोले यसबारे ‘खासै चासो’ नराखेको बताए ।

यसैबीच यूक्रेनी राजनीतिक विश्लेशक भोलोदिमिर फेसेन्कोले भने कीभका धेरै अधिकारीलाई प्रतिबन्धको सूची सम्मानको चिन्ह्का रूपमा लिने भन्दै प्रतिबन्धप्रति हल्का टिप्पणी जनाए ।

फेसेन्कोले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् “यूक्रेनी अधिकारीलाई महत्वको कुरा सूचीमा को छ भन्दा पनि को छैन भन्ने हो । सूचीमा भएका अधिकारीहरूलाई निर्वाचनमा विजय प्राप्त गर्न सजिलो हुनेछ ।”

रूसले सन् २०१४ मा क्रिमियालाई गाभेपछि यूक्रेनसँगको विवादले थप सशक्तता पाएको छ । मस्कोले पूर्वी यूक्रेनमा भएको विद्रोहमा यूक्रेनले सघाएको आरोप लगाएको छ । पूर्वी यूक्रेनमा भएको विद्रोहमा कम्तीमा १० हजार व्यक्तिको ज्यान गुमेको थियो ।

कीभले रूसी कम्पनीलाई आफ्नो भूभागमा नियन्त्रण गर्न विभिन्न उपायहरू ल्याएको छ । गत बर्ष उसले रूसी प्रसिद्ध सामाजिक सञ्जाल तथा ‘सर्च इन्जिन’ यान्डेक्सको पहुँचमा रोक लगाएको थियो । लाखौँ यूक्रेनीले प्रयोग गर्ने उक्त सामाजिक सञ्जालमाथिको प्रतिबन्धले कम्पनीलाई प्रभावित तुल्याउको थियो ।

संयुक्त राज्य अमेरिका र यूरोपले यूक्रेनविरोधी गतिविधि गरेको आरोपमा धेरै चरणमा रूसमाथि प्रतिबन्ध लगाएका छन् ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०९:१७ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...