back
CTIZAN AD

माल्दिभ्सका निर्वासित पूर्वराष्ट्रपति नाशीद स्वदेश फिर्ता

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

582 

shares

१६ कात्तिक, कोलम्बो । माल्दिभ्सका पूर्व मोहम्मद नाशीद निर्वासित जीवन अन्त्य गर्दै स्वदेश फर्किएका छन् ।

माल्दिभ्सको सर्वोच्च अदालतले नाशिदलाई पक्राउ गर्न नमिल्ने आदेश दिएपछि उनी बिहीबार स्वदेश फर्किएका हुन् ।

उनलाई आतङ्वाद सम्वन्धी विवादास्पद एउटा मुद्धामा १३ बर्ष जेल सजाय गराउन भनिएको थियो ।

उनलाई नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले मालेस्थित विमानस्थलमा स्वागत गरेका थिए ।

नयाँ सरकारमा उनकोे भूमिका के हुन्छ भन्ने बारेमा अहिले नै स्पष्ट भइनसकेपनि कानूनी रूपमा सोलिहले नै यही महिना सरकार गठन गर्नुपर्ने अवस्था छ ।

माल्दिभ्समा लोकतन्त्रका योद्धाका रूपमा चिनिने ५१ बर्षीय नाशीदलाई जेल सजायको आदेश भएकाले सन् २०१६ देखि निर्वासनमा थिए ।

निवर्तमान राष्ट्रपति अब्दुल्लाह यमीनको कार्यकालका बेला उनी स्वदेशमै रहेको भए पक्राउ पर्ने खतरा रहेको थियो ।

तत्कालिन राष्ट्रपति यमीनसँग नाशीदले नै निर्वाचन लड्ने अपेक्षा गरिएको थियो । तर निर्वाचन आयोगले उनलाई निर्वाचन लड्न नमिल्ने बताएपछि सोलिहले प्रतिश्पर्धा गरेका थिए ।

आफ्नो कार्यकालमा यमीनले सर्वत्र हस्तक्षेप गरेर एकलौटी पेलेर गएकाले अहिलेको निर्वाचनबाट नयाँ नेता छानिएकाले मुलुकले नयाँ र लोकतान्त्रिक कोड लिने अपेक्षा गरिएको छ ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०९:२७ मा प्रकाशित

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...