back

माल्दिभ्सका निर्वासित पूर्वराष्ट्रपति नाशीद स्वदेश फिर्ता

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

444 

shares

१६ कात्तिक, कोलम्बो । माल्दिभ्सका पूर्व मोहम्मद नाशीद निर्वासित जीवन अन्त्य गर्दै स्वदेश फर्किएका छन् ।

माल्दिभ्सको सर्वोच्च अदालतले नाशिदलाई पक्राउ गर्न नमिल्ने आदेश दिएपछि उनी बिहीबार स्वदेश फर्किएका हुन् ।

उनलाई आतङ्वाद सम्वन्धी विवादास्पद एउटा मुद्धामा १३ बर्ष जेल सजाय गराउन भनिएको थियो ।

उनलाई नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले मालेस्थित विमानस्थलमा स्वागत गरेका थिए ।

नयाँ सरकारमा उनकोे भूमिका के हुन्छ भन्ने बारेमा अहिले नै स्पष्ट भइनसकेपनि कानूनी रूपमा सोलिहले नै यही महिना सरकार गठन गर्नुपर्ने अवस्था छ ।

माल्दिभ्समा लोकतन्त्रका योद्धाका रूपमा चिनिने ५१ बर्षीय नाशीदलाई जेल सजायको आदेश भएकाले सन् २०१६ देखि निर्वासनमा थिए ।

निवर्तमान राष्ट्रपति अब्दुल्लाह यमीनको कार्यकालका बेला उनी स्वदेशमै रहेको भए पक्राउ पर्ने खतरा रहेको थियो ।

तत्कालिन राष्ट्रपति यमीनसँग नाशीदले नै निर्वाचन लड्ने अपेक्षा गरिएको थियो । तर निर्वाचन आयोगले उनलाई निर्वाचन लड्न नमिल्ने बताएपछि सोलिहले प्रतिश्पर्धा गरेका थिए ।

आफ्नो कार्यकालमा यमीनले सर्वत्र हस्तक्षेप गरेर एकलौटी पेलेर गएकाले अहिलेको निर्वाचनबाट नयाँ नेता छानिएकाले मुलुकले नयाँ र लोकतान्त्रिक कोड लिने अपेक्षा गरिएको छ ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०९:२७ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...