back

सोनी म्यूजिकको कार्यालयमा दुई जना माथि चक्कू प्रहार

वि.सं.२०७५ कात्तिक १७ शनिवार

300 

shares
GLOBAL IME AD
NTC AD

१७ कात्तिक, लण्डन, बेलायत । बेलायतको राजधानी लण्डनस्थित सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

धारिलो हतियार प्रयोग गरी भएको आक्रमणलाई आतङ्कवादी घटनाभन्दा भिन्न प्रकृतिको घटनाका रूपमा बेलायती प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ ।

प्रहरीलाई स्थानीय समय अनुसार विहान ११ बजे घटनाबारे जानकारी गराइएपछि तत्कालै घटनास्थल डेरी स्ट्रीटमा सशस्त्र सुरक्षाकर्मी पठाइएको लण्डन महानगरीय प्रहरीले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

बेलायती सञ्चारमाध्यमले घटना सोनी म्युजिक कम्पनीको भवनमा भएको बताएका छन् ।

उक्तस्थानमा थप दुर्घटना हुन नदिन सावधानीस्वरूप घटनास्थललाई घेरा हाली विस्तारै खाली गरिएको छ प्रहरीले जनाएको छ । घटनास्थलमा आकस्मिक सेवा प्रदान गर्न चिकित्सकसहितका अन्य स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राखिएको प्रहरीले बताएको छ ।

घटनास्थल हाई स्ट्रीट केन्सिङटन व्यवसायिक क्षेत्रमा रहेका दैनिक पत्रिकाको कार्यालयहरूको सामुन्नेमा रहेको सोनी म्यूजिक कम्पनीको कार्यालयमा भएको हो ।

घटनास्थलमा छ जना भन्दा बढी समूहमा पटकपटक गरी सशस्त्र प्रहरी छिरेका र आक्रमणकारी भाग्ने आशङ्कामा मानिसहरूलाई भित्र छिर्न र बाहिर निस्कन नदिएको प्रत्यक्षदर्शी तथा द मेलका कर्मचारी ट्रीस एलिसले एएफपीलाई घटनाबारे बताए ।

घटना भएको करिब एक घण्टापछि प्रहरीले दश पन्ध्र जनाको सङ्ख्यामा भित्र रहेका मानिसहरूलाई छोडेको उनले बताए ।

वि.सं.२०७५ कात्तिक १७ शनिवार १०:०८ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...