back

पुटिन र क्युवाली राष्ट्रपतिबीच भेटवार्ता, सैन्य सहकार्यका लागि कुराकानी हुने

वि.सं.२०७५ कात्तिक १७ शनिवार

222 

shares
GLOBAL IME AD
NTC AD

१७ कात्तिक, मस्को ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र रूसको लामो समयदेखिको सहयोगी राष्ट्र क्युवाका राष्ट्रपति मिगेल दायज केनलबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।

शुक्रबार हुने दुई समकक्षीबीच दुईपक्षीय ब्यापार तथा आर्थिक सम्बन्ध जोड्ने बिषयमा कुराकानी हुने रूसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले बताए । दुई नेताले सैन्य सहकार्यका बिषयमा पनि वार्तामा छलफल गर्ने पेश्कोभले बताए ।

अप्रिलमा कार्यभार सम्हालेपछि पहिलो पटक रूसको भ्रमणमा निस्किएका दायज–कनेल क्युबामा लामो समयदेखि अमेरिका विरोधी नेताहरू फिडेल क्यास्ट्रो र फिडेलका भाइ तथा उत्तराधिकारी राहुल क्यास्ट्रोका पनि उत्तराधिकारीका रूपमा क्युबाका राष्ट्रपति हुन् ।

मस्कोको शीत युद्धकालीन सहयोगी कम्युनिष्ट राष्ट्र क्यूबाप्रति ‘अडिग ऐक्यवद्धता’ रहेको बताउँदै आएको छ । रूसले अमेरिकी राष्ट्रपतिका रूपमा केही समय पहिले बाराक ओबामाले हवानासँगको सम्बन्ध पुनस्थापना सम्झौतालाई उल्ट्याउने गरी गत बर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको निर्णयको विरोध गरेको थियो ।

क्युबाका राष्ट्रपति दायज–कनेलको भ्रमण रूसमाथि कैयौँ चरण प्रतिबन्ध लगाएको अमेरिकाले क्युबाविरूद्ध पनि नयाँ आर्थिक नाकाबन्दीको घोषणा गरेको एकदिन पछि भएको औपचारिक भ्रमण हो । आफ्ना विदेश मन्त्री ब्रुनो रोड्रिगेज लगायतका उच्च पदस्थ अधिकारीसहितको प्रतिनिधिमण्डलको नेतृत्वको उहाँको टोली मस्कोमा तीन दिनसम्म रहनुहुनेछ ।

हामीले रूसलाई हेर्ने क्युबाको अपरिवर्तित नीतिलाई निरन्तरता दिनेछौँ, राष्ट्रपति दायज केनलले रूसी संसदका सभामुख भ्याचेस्लाभ भोलोदिनसँगको भेटमा बताएको कुरालाई उद्धृत गर्दै राज्य सञ्चालित रूसी सञ्चारमाध्यम तासले जनाएको छ ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले पनि क्युबासँग ‘न्यानो सहकार्य तथा मैत्रीपूर्ण सम्बन्ध’ रहेको बिहीबार बताएका थिए । “विगतदेखि रहँदै आएको सम्बन्धलाई थप प्रगाढ बनाउन यथासम्भव लाग्ने रूसको चाहना रहेको छ, पेश्कोभले भने ।

यसैबीच पेश्कोभले रूसी पत्रिका कोमसान्ट दैनिकमा उल्लेखभएजस्तो क्युबालाई रूसी हतियार किन्न पाँच करोड अमेरिकी डलर बराबरको सहयोग दिने कुरा सत्य नभएको पनि बताएका थिए ।

भ्रमणमा क्युबाको रेललाई आधुनिकस्तरमा सुधार गर्ने सहमति पनि हुने बताइएको छ । दायज–कनेलले शुक्रबारै प्रधानमन्त्री दिमित्री मेद्भेदेभलगायतका उच्चपदस्थ अधिकारीहरूलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७५ कात्तिक १७ शनिवार १०:२३ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...