back
CTIZAN AD

पुटिन र क्युवाली राष्ट्रपतिबीच भेटवार्ता, सैन्य सहकार्यका लागि कुराकानी हुने

वि.सं.२०७५ कात्तिक १७ शनिवार

495 

shares

१७ कात्तिक, मस्को ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र रूसको लामो समयदेखिको सहयोगी राष्ट्र क्युवाका राष्ट्रपति मिगेल दायज केनलबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।

शुक्रबार हुने दुई समकक्षीबीच दुईपक्षीय ब्यापार तथा आर्थिक सम्बन्ध जोड्ने बिषयमा कुराकानी हुने रूसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले बताए । दुई नेताले सैन्य सहकार्यका बिषयमा पनि वार्तामा छलफल गर्ने पेश्कोभले बताए ।

अप्रिलमा कार्यभार सम्हालेपछि पहिलो पटक रूसको भ्रमणमा निस्किएका दायज–कनेल क्युबामा लामो समयदेखि अमेरिका विरोधी नेताहरू फिडेल क्यास्ट्रो र फिडेलका भाइ तथा उत्तराधिकारी राहुल क्यास्ट्रोका पनि उत्तराधिकारीका रूपमा क्युबाका राष्ट्रपति हुन् ।

मस्कोको शीत युद्धकालीन सहयोगी कम्युनिष्ट राष्ट्र क्यूबाप्रति ‘अडिग ऐक्यवद्धता’ रहेको बताउँदै आएको छ । रूसले अमेरिकी राष्ट्रपतिका रूपमा केही समय पहिले बाराक ओबामाले हवानासँगको सम्बन्ध पुनस्थापना सम्झौतालाई उल्ट्याउने गरी गत बर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको निर्णयको विरोध गरेको थियो ।

क्युबाका राष्ट्रपति दायज–कनेलको भ्रमण रूसमाथि कैयौँ चरण प्रतिबन्ध लगाएको अमेरिकाले क्युबाविरूद्ध पनि नयाँ आर्थिक नाकाबन्दीको घोषणा गरेको एकदिन पछि भएको औपचारिक भ्रमण हो । आफ्ना विदेश मन्त्री ब्रुनो रोड्रिगेज लगायतका उच्च पदस्थ अधिकारीसहितको प्रतिनिधिमण्डलको नेतृत्वको उहाँको टोली मस्कोमा तीन दिनसम्म रहनुहुनेछ ।

हामीले रूसलाई हेर्ने क्युबाको अपरिवर्तित नीतिलाई निरन्तरता दिनेछौँ, राष्ट्रपति दायज केनलले रूसी संसदका सभामुख भ्याचेस्लाभ भोलोदिनसँगको भेटमा बताएको कुरालाई उद्धृत गर्दै राज्य सञ्चालित रूसी सञ्चारमाध्यम तासले जनाएको छ ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले पनि क्युबासँग ‘न्यानो सहकार्य तथा मैत्रीपूर्ण सम्बन्ध’ रहेको बिहीबार बताएका थिए । “विगतदेखि रहँदै आएको सम्बन्धलाई थप प्रगाढ बनाउन यथासम्भव लाग्ने रूसको चाहना रहेको छ, पेश्कोभले भने ।

यसैबीच पेश्कोभले रूसी पत्रिका कोमसान्ट दैनिकमा उल्लेखभएजस्तो क्युबालाई रूसी हतियार किन्न पाँच करोड अमेरिकी डलर बराबरको सहयोग दिने कुरा सत्य नभएको पनि बताएका थिए ।

भ्रमणमा क्युबाको रेललाई आधुनिकस्तरमा सुधार गर्ने सहमति पनि हुने बताइएको छ । दायज–कनेलले शुक्रबारै प्रधानमन्त्री दिमित्री मेद्भेदेभलगायतका उच्चपदस्थ अधिकारीहरूलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७५ कात्तिक १७ शनिवार १०:२३ मा प्रकाशित

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

बेइजिङ । चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण...

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

नयाँदिल्ली । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्रुत गतिमा विस्तार भइरहेको...