Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

कीर्तिपुण्य सहकारीको रु ५६ हजार मुनाफा



काठमाडौँ  । कीर्तिपुण्य बचत तथा ऋण सहकारी संस्था आव २०७२-७३ मा रु ५६ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

लिमिटेडको आज सम्पन्न सातौंँ वार्षिक साधारणसभामा विगतका आर्थिक वर्षमा झैं आव २०७२-७३ मा पनि संस्थाबाट प्रवाह भएको ऋणतर्फ कुनै पनि ऋणको भाखा ननाघेको र सम्पूर्ण ब्याज समयमै असुल भएको जानकारी दिइएको थियो ।

आव २०७१-७२ मा संस्थाको कुल सम्पत्ति तथा दायित्व रु एक करोड १८ लाख ९० रहेकामा गत आवमा कुल सम्पत्ति तथा दायित्व ६ दशमलव ३७ प्रतिशतले वृद्धि भई रु एक करोड २६ लाख ४७ हजार पुगेको संस्थाका अध्यक्ष किरणराम रञ्जितकारले जानकारी दिनुभयो । आव २०६८-६९ देखि सो संस्था निरन्तर नाफामा सञ्चालन भइआएको छ ।

साधारणसभामा सहभागीले संस्थाले आर्थिक कारोबारको आकार बढाएर लान दिएको सmुझाव अनुरुप अध्यक्ष रञ्जितकारले चालु आवदेखि योजनाबद्ध रुपमा आर्थिक गतिविधिलाई अघि बढाउने विश्वास दिलाउनुभएको थियो । आव २०७२-७३ सम्ममा संस्थाको कुल सदस्यता सङ्ख्या ८७ कायम भएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम