back

सेनाको ‘बङ्कर टु ब्यारेक’ कार्यक्रम प्रभावकारी

वि.सं.२०७५ कात्तिक १९ सोमवार

267 

shares
GLOBAL IME AD
NTC AD

१९ कात्तिक, काठमाडौँ । मुलुकको राष्ट्रिय सेनालाई न्यूनतम मानवीय सेवा उपलब्ध गराउन र बसोवासलाई व्यवस्थित तुल्याउन अघि सारिएको बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ ।

दीर्घकालीन तथा रणनीतिक उक्त कार्यक्रम अन्तर्गत नेपाली सेनाका ब्यारेकभित्र हालसम्म विभिन्न खाले तीन हजार ५४ वटा भौतिक संरचना निर्माण भएको प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । माओवादी द्वन्द्व शुरु हुनुअघि ४८÷५० हजारको सङ्ख्यामा रहेको नेपाली सेनाको सङ्गठन १२ वर्षे द्वन्द्वको अवधिमा दोब्बर तुल्याइएको थियो । अहिले नेपाली सेनाको जनशक्ति ९६ हजारको हाराहारीमा छ ।

पहिले सानो आकारको सङ्गठन भएकै अवस्थामा पनि भौतिक पूर्वाधारको अभाव खेपिरहेको राष्ट्रिय सेनाले तत्कालीन परिस्थितिजन्य कारणले जनशक्ति ह्वात्तै बढाएसँगै सकल दर्जा न्यूनतम मानवीय सेवाबाट समेत वञ्चित हुन पुगेका थिए । तत्कालीन द्वन्द्वरत माओवादीका लडाकूले सुविधा सम्पन्न र व्यवस्थित स्थल खोजिरहेका बेला राष्ट्रिय सेना बासका लागि भाग्दै आएको दुर्गतिपूर्ण अवस्था अन्त्यका लागि राज्य व्यवस्था समितिको निर्देशनमा सरकारले ‘बङ्कर टु ब्यारेक’को अवधारणा स्वीकृत गरेको थियो ।

उक्त समितिले रोल्पा, रुकुम, अछाम, सिन्धुलीलगायत जिल्लास्थित सैनिक ब्यारेक निरीक्षणका क्रममा कतिपय स्थानमा सेनाका जबानले रात काट्न समेत पहरा फोरेर बङ्करमा बस्न परेको फेला पारेको थियो । आवासका लागि बनाइएका कतिपय बङ्कर वर्षामा पानी जमेर पोखरीमा परिणत भएकाले समितिले २४ घण्टै सेवारत राष्ट्रिय सेनालाई समयानुकूल उपयुक्त बासस्थानको व्यवस्था गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको तत्कालीन समितिका सचिव मुकुन्द शर्मा बताउछन ।

त्यसबेला ठूलो सङ्ख्याका सैनिक जवानले बङ्करलाई आश्रयस्थाल बनाउनुपर्ने बाध्यात्मक अवस्था थियो । सरकारले लामो छलफल र बहसपछि २०६८–६९ बाट सेनाका ब्यारेकसहित पाँच हजार ८५० अन्य भौतिक संरचना निर्माण गरी ‘बङ्कर टु ब्यारेक’ सम्बन्धी १० वर्षे रणनीतिक अवधारणा अघि बढाएको थियो ।

उक्त कार्यक्रम अन्तर्गत यसवर्ष १६९ संरचना निर्माणका लागि बजेट विनियोजन भएको प्रवक्ता भण्डारीले जानकारी दिए । उक्त कार्यक्रम अन्तर्गत बङ्कर अत्याधुनिक ब्यारेकमा स्तरोन्नति भएका स्थानका सैनिक जवानले एक निन्द्रा नयाँ खाटमा ढुक्कसँग निदाउन पाएका छन् भने बनेको नयाँ संरचनाबाट सजिलैसँग दैनिक काम गर्ने वातावरण बनेको छ । एउटा सैनिकका ब्यारेकभित्र आवास, भन्साघर, शौचालय, स्नान घर, सञ्चारस्थल, फायरिङ रेञ्च, तालीम कक्ष, अभ्यास इलाका, खेल मैदान, अतिथि भवनजस्ता संरचना हुनु आवश्यक मानिन्छ ।

सेनाले विनियोजित रकमको आधारमा त्यस्ता स्थानको प्राथमिकता तय गरी बासस्थान, भन्साघर, शौचालय, स्नान घरलगयत संरचना निर्माण गर्दै आएको छ । बाँकी रहेका दुई हजार ७६५ संरचना आर्थिक वर्र्ष २०७८–७९ मा पूरा गरिनेछ । सैनिक मुख्यालयमा रहेको भौतिक पूर्वाधार निर्माण समितिको विभिन्न पल्टनले उपलब्ध गराएको विवरण र तथ्याङ्कका आधारमा लक्ष्य तोकेर निर्माण अघि बढाउन स्वीकृति दिँदै आएको छ ।

राष्ट्र एवं जनताको हित र सुरक्षाको मुख्य जिम्मेवारीमा रहेको नेपाली सेनालाई मुलुकको तागतका रुपमा हेरिने गरिन्छ । सैनिक जवानको मनोवल उच्च राख्ने सन्दर्भमा सेनाको नेतृत्वले जिम्मेवारीका साथ बङ्करबाट ब्यारेक कार्यक्रम कार्यन्वयनमा जोड दिँदै आएको छ । एक सेवा निवृत्त उपरथी भन्छन,“घरमूलीलाई जस्तो पीर र चिन्ता अरु कसलाई हुन्छ र रु”

नेपाली सेनाले व्यावसायिक, अनुशासित र आदेशपालन गर्ने कर्तव्यनिष्ठ सैनिकका रुपमा विश्वमै ख्याति कमाएको छ । विश्वशान्ति स्थापना कार्यमा नेपाली सेनाले ‘शान्ति पीस च्याम्पियनसीप’को छवि बनाइसकेको छ । प्रत्येक सकल दर्जालाई एउटा हतियार र विश्रामका लागि एउटा खाट दिन सकियोस भन्ने मान्यताका साथ अघि बढाइएको उक्त कार्यक्रमले आगामी तीन वर्षभित्रै मूर्तरुप लिने भएकोे छ ।

वि.सं.२०७५ कात्तिक १९ सोमवार १४:४६ मा प्रकाशित

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो...

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका...

आज प्रेमिल जोडी रानीमहल पुग्दै

आज प्रेमिल जोडी रानीमहल पुग्दै

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर...

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

गण्डकी । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज...