back
CTIZAN AD

अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने

वि.सं.२०७५ कात्तिक १९ सोमवार

657 

shares

१९ कात्तिक, सोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ ।

पहिल्यै हुने तय भएको सो अभ्यास केही समयपछि हुन लागेको बताइएको छ । यसै वर्षको जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको उच्चस्तरीय वार्तापछि सो सैन्य अभ्यास रोकिएको थियो ।

त्यस समयमा रोकिएको सो सैन्य अभ्यास अहिले पुनः शुरु गर्न लागिएको दक्षिण कोरियाली अधिकारीले जानकारी दिएका छन । सो उच्चस्तरीय वार्तापछि पनि यी दुई देशका उक्त सैन्य अभ्यासका तयारी गरिरहेका बेला यता उत्तर कोरियाले आपत्ति जनाएपछि रोकिएको थियो ।

तर यो सैन्य अभ्यासलाई सानो आकारको भनिएको छ । त्यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी जम्मा ५०० जना मात्र सैनिक सहभागी हुने भएका बताइएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएअनुसार सो सैन्य अभ्यास सोमबारबाटै हुनेछ । यो अभ्यास दुई हप्तासम्म चल्ने र दक्षिण कोरियाको दक्षिणी शहर पोहाङमा हुने जानकारी पनि सो मन्त्रालयले दिएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता चोइ हियोन सुले भने– हामीले पहिले नै घोषणा गरेअनुसारको सैन्य अभ्यास गर्ने तयारी हामीले गरिसकेका छौँ र यो सानो सङ्ख्याको सैन्य अभ्यास गर्नेछौँ ।

सम्वाददाताहरुलाई उनले सोमबार यो जानकारी दिए । संयुक्त राज्य अमेरिका दक्षिण कोरियाको नजिकको सहयोगी हो । उसले उत्तर कोरियाको पारमाणवकि खतराबाट बचाउन भन्दै दक्षिण कोरियामा २८ हजार ५०० अमेरिकी सेना राखेको छ ।

यी दुई देशले विगत लामो समयदेखि यस्तो सैन्य अभ्यास सञ्चालन गर्दै आएका छन । यसलाई उनीहरुले आफ्नै शब्दमा विशुद्ध रक्षात्मक प्रकृतिको र कसैका विरुद्धमा पनि लक्षित नरहेको भन्ने गरेका छन ।

तर यस अभ्यासलाई उत्तर कोरियाले भने आफ्ना विरुद्धको अमेरिकी र दक्षिण कोरियाको रणानीति भन्ने गरेको छ । गत जुन महिनामा पनि यदि सोलमा सो सैन्य अभ्यास गर्ने हो भने आफूले जुनमा सिंगापुरमा भएको सहमति भङ्ग गर्ने जनाएको थियो । त्यसपछि सो अभ्यास रोकिएको थियो ।

तर सोमबारबाट शुरु हुन लागेको यस अभ्यासका बारेमा पनि उत्तरको कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

वि.सं.२०७५ कात्तिक १९ सोमवार १४:३४ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...