
सामाजिक र विपन्न नेपालीको जीवनस्तर सुधार गर्न सहयोग पु¥याउने उद्देश्यका साथ क्यानडामा भएको दाङवासीको भेलाले राप्ती समाज क्यानडा तदर्थ समिति गठन गरेको छ।
भेलाले सुरेश रजौरेको संयोजकत्वमा राप्ती समाज क्यानडा तदर्थ समिति गठन गरेको समितिका सदस्य निराजन थापाले जानकारी दिए। यस समितिले केही दिनमा क्यानाडा सरकारमा आधिकारीक रुपमा संगठन रजिस्टर गर्ने छ ।
नेपालमा रसायन शास्त्रमा मास्टर्स गरेका रजौरेले बेलायत लीड्स युनिभरसीटीबाट पनि मास्टर्स गरेका छन्। दाङ निवासि रजौरेले क्यानडा बसोवासको इमीग्रेस भीसा प्राप्त गरेपछि क्यानडामा पनि सोही बिषयमा पुनः मास्टरस अध्ययन गरी पोख्त लेवरोटरीमा विशेष दखल भएका नेपाली वैज्ञानिक हुन् ।
२१ सदस्यीय समाजको समिति सदस्यहरुमा मधु थापा, निरन्जन थापा, बसन्त प्रकाश रावत छेत्री, राजेन्द्र पोख्रेल, सरिता गिरी, बसन्ता पाठक, रमेस देवकोटा, अनिल श्रेष्ठ, सुबास शर्मा, विद्या न्यौपाने, नारायण खनाल, बिमल पन्थी, चिन्तामणी धिताल, हरी पाण्डे, प्रकाश चापाँगाइ, दुसीराज सेन, बिनोद सेन, गोविन्द शर्मा, मिलन ओली, विजय लम्साल रहेका छन् ।
त्यस्तै डा.अरुण पोखरेल, डा गुरु गिरी, डा. बामदेव पौडेल, डा. दिलिप पौडेल डा प्रीती शर्मा, नर बहादुर टन्डन, बुद्धी प्रकाश ओली र मुक्ती गौतमलाई समाजको सल्लाहकारमा चयन गरिएको छ ।
वि.सं.२०७५ मंसिर ४ मंगलवार १७:४१ मा प्रकाशित




























