
५ मंसीर, काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाली वायुसेवा निगमको दुईवटा वाईड बडी विमान ल्याउँदाको अनियमितता बारे छलफल गर्न सरकारलाई डाकेको छ । मंगलबारको समितिको बैठकले दुवै विमान ल्याउँदा व्यापक अनियमितता भएको ठहर गर्दै सरोकारवाला मन्त्रालयसहित निमका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।
समितिका सभापति भरत साहले दुवै ठूला जहाज ल्याउँदाका सम्पूर्ण प्रक्रियाको कागजात सहित पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, अध्यक्ष मदन खरेल तथा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई आउदो आइतार दिउँसो १ बजे बोलाएको जानकारी दिएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
सभापति साहले निगमले ल्याएका विमा वास्तवमा ‘खरिद’ भएका हुन् वा ‘भाडामा’ लिइएका हुन् तथा विमानको स्वामित्वधारी को हो भने विषय निकै जटिल भएकाले गहन रुपमा छलफल गर्न लागेको बताए । उनले आवश्यक परे छानविनका लागि उपसमिति समेत गठन गर्न सकिने जनाए ।
वि.सं.२०७५ मंसिर ५ बुधवार ०७:४७ मा प्रकाशित





























