back

६ वर्ष भयो, भद्रशीलाको शब अझै आउन सकेन साउदीबाट

वि.सं.२०७५ मंसिर ५ बुधवार

1.5K 

shares
IME Limited
NTC AD

५ मंसीर, भद्रपुर । साउदी अरबमा मृत्यु भएकी भद्रशीला श्रेष्ठको मृत्यु भएको ६ वर्षसम्म शब आउन सकेको छैन् ।
झापाको कचनकवल गाउँपालिका –६ बनियानीकी श्रेष्ठको ६ वर्ष अघि मृत्यु भएपनि उनको परिवारले अझैपनि शब पाउन सकेको छैन ।
‘आमाको आत्मा कति भड्काएको होला, यतिका वर्षसम्म,’ भित्तामा भद्रशिलाको तस्बिर हेरेर आँसु झादै बोलिरहेका थिए निरज श्रेष्ठ, ‘यसपटक पनि मैले आमाको शब ल्याउँन सकिनँ ।’
पति हंशराज श्रेष्ठको निधन भएपछि छोरीछोरी हुर्काउन धौ–धौ भएकी भद्रशीला २०६५ मा साउदी गएकी थिइन् । ‘आमा जाँदा दिदी, म र भाइ सानै थियौं, पढ्दैथ्यौ,’ नीरजले भने, ‘पछि सबै व्यवहार आफ्नै टाउँकामा आएपछि मैले पढाई छाडें ।’
उनका अनुसार भद्रशीलाले विदेश गएको तीन महिनामा २४ हजार घरमा पठाएकी थिइन् । त्यसपछि चारवर्ष न खबर आयो न पैसा नै । ‘हामीले २०६९ पुस ३० गते आमाको मृत्यु भएको खबर पायौं,’ उनले भने, ‘आमा विदेश गएपछि दुईपटक कुरा भएको थियो । उहाँले अस्पतालमा काम गर्छु भन्नु भएको थियो ।’
अस्पतालमा कामगर्ने कर्मचारीले शब पहिचान गरी फोनमार्फत् खबर दिएको उनको भनाई छ । ‘गत शनिबार आमाको शब आउने भनी साउदी अरबबाटै फोन आएपछि काठमाडौं गएको थिएँ,’ उनले भने, ‘तर, खाली हात फर्किनु पर्यो ।’ अन्तिम समयमा शब ढुवानी रद्द भएको खबर त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलाईन्स कार्यालयले दिएको उनले सुनाए र आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

वि.सं.२०७५ मंसिर ५ बुधवार ०८:०२ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...