back
CTIZAN AD

६ वर्ष भयो, भद्रशीलाको शब अझै आउन सकेन साउदीबाट

वि.सं.२०७५ मंसिर ५ बुधवार

2K 

shares

५ मंसीर, भद्रपुर । साउदी अरबमा मृत्यु भएकी भद्रशीला श्रेष्ठको मृत्यु भएको ६ वर्षसम्म शब आउन सकेको छैन् ।
झापाको कचनकवल गाउँपालिका –६ बनियानीकी श्रेष्ठको ६ वर्ष अघि मृत्यु भएपनि उनको परिवारले अझैपनि शब पाउन सकेको छैन ।
‘आमाको आत्मा कति भड्काएको होला, यतिका वर्षसम्म,’ भित्तामा भद्रशिलाको तस्बिर हेरेर आँसु झादै बोलिरहेका थिए निरज श्रेष्ठ, ‘यसपटक पनि मैले आमाको शब ल्याउँन सकिनँ ।’
पति हंशराज श्रेष्ठको निधन भएपछि छोरीछोरी हुर्काउन धौ–धौ भएकी भद्रशीला २०६५ मा साउदी गएकी थिइन् । ‘आमा जाँदा दिदी, म र भाइ सानै थियौं, पढ्दैथ्यौ,’ नीरजले भने, ‘पछि सबै व्यवहार आफ्नै टाउँकामा आएपछि मैले पढाई छाडें ।’
उनका अनुसार भद्रशीलाले विदेश गएको तीन महिनामा २४ हजार घरमा पठाएकी थिइन् । त्यसपछि चारवर्ष न खबर आयो न पैसा नै । ‘हामीले २०६९ पुस ३० गते आमाको मृत्यु भएको खबर पायौं,’ उनले भने, ‘आमा विदेश गएपछि दुईपटक कुरा भएको थियो । उहाँले अस्पतालमा काम गर्छु भन्नु भएको थियो ।’
अस्पतालमा कामगर्ने कर्मचारीले शब पहिचान गरी फोनमार्फत् खबर दिएको उनको भनाई छ । ‘गत शनिबार आमाको शब आउने भनी साउदी अरबबाटै फोन आएपछि काठमाडौं गएको थिएँ,’ उनले भने, ‘तर, खाली हात फर्किनु पर्यो ।’ अन्तिम समयमा शब ढुवानी रद्द भएको खबर त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलाईन्स कार्यालयले दिएको उनले सुनाए र आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

वि.सं.२०७५ मंसिर ५ बुधवार ०८:०२ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...