५ मंसीर, काठमाडौं । आर्थिक वर्ष ०७३-०७४ मा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी सुर्यनेपाल बनेको छ । सिप्रदी ट्रेडिङका अध्यक्ष शिद्धार्थ समशेर राणा व्यक्तिगत आयतर्फ बढी कर तिर्ने व्यवसायी बनेका छन् । निर्यात् उद्योगतर्फ डाबर नेपाल उत्कृष्ट करदाता बनेको छ भने उद्योगतर्फ हिमाल पावर, कृषि तथा व्यापारतर्फ निम्बस, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त कम्पनी, उत्कृष्ट करदाता बनेका छन् ।
बैक तथा वित्तिय संस्थातर्फ नबिल बैंक, विमातर्फ नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षातर्फ विराटनगरको नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल, सूचना प्रविधितर्फ एफ वान सफ्ट इन्टर नेसनल, पर्यटन तर्फ हायात होटेल, व्यापारतर्फ सिप्रदी टेड्रिङ कम्पनी उत्कृष्ट करदाता बनेका छन् ।
बार्षिक ४० करोडसम्म व्यवसाय गर्नेमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, बार्षिक ४० करोड देखि ८० करोडसम्म व्यवसाय गर्ने मध्ये नेपाल स्टक एक्सचेन्ज र समयमै मूल्य अभिवृद्धि करको विवरण पेस गरी कर चुक्ता गर्ने घोराही सिमेन्ट रहेका छन् ।
उनीहरुलाई राष्ट्रिय कर दिवसको अवसर पारेर अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गरेका हुन् । देशभरका १८ लाख करदाताबाट उत्कृष्टि १५ लाई सम्मानित गरिएको हो । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७५ मंसिर ५ बुधवार ०८:५२ मा प्रकाशित