back
CTIZAN AD

यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति र कम्पनीहरु

वि.सं.२०७५ मंसिर ५ बुधवार

705 

shares

५ मंसीर, काठमाडौं । आर्थिक वर्ष ०७३-०७४ मा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी सुर्यनेपाल बनेको छ । सिप्रदी ट्रेडिङका अध्यक्ष शिद्धार्थ समशेर राणा व्यक्तिगत आयतर्फ बढी कर तिर्ने व्यवसायी बनेका छन् । निर्यात् उद्योगतर्फ डाबर नेपाल उत्कृष्ट करदाता बनेको छ भने उद्योगतर्फ हिमाल पावर, कृषि तथा व्यापारतर्फ निम्बस, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त कम्पनी, उत्कृष्ट करदाता बनेका छन् ।
बैक तथा वित्तिय संस्थातर्फ नबिल बैंक, विमातर्फ नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षातर्फ विराटनगरको नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल, सूचना प्रविधितर्फ एफ वान सफ्ट इन्टर नेसनल, पर्यटन तर्फ हायात होटेल, व्यापारतर्फ सिप्रदी टेड्रिङ कम्पनी उत्कृष्ट करदाता बनेका छन् ।
बार्षिक ४० करोडसम्म व्यवसाय गर्नेमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, बार्षिक ४० करोड देखि ८० करोडसम्म व्यवसाय गर्ने मध्ये नेपाल स्टक एक्सचेन्ज र समयमै मूल्य अभिवृद्धि करको विवरण पेस गरी कर चुक्ता गर्ने घोराही सिमेन्ट रहेका छन् ।
उनीहरुलाई राष्ट्रिय कर दिवसको अवसर पारेर अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गरेका हुन् । देशभरका १८ लाख करदाताबाट उत्कृष्टि १५ लाई सम्मानित गरिएको हो । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७५ मंसिर ५ बुधवार ०८:५२ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...