back
CTIZAN AD

साउदी अरब र यूएईद्वारा द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा

वि.सं.२०७५ मंसिर ५ बुधवार

741 

shares

५ मङ्सिर, रियाद, साउदी अरब । यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

द्वन्द्वका कारण क्षतविक्षत बनेको यमनलाई भोकमरीबाट बचाउन साउदी अरबले २५ अमेरिकी डलर र युएईले २५ अमेरिकी डलर गरी उक्त सहयोगको घोषणा गरेका, साउदी राजा सलमान मानवीय सहायता तथा राहत केन्द्रका जनरल सुपरभाइजर अब्दुल्लाह रबिआहले बताए ।

उनले थपे, उक्त सहयोग राशी संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तराष्ट्रिय तथा स्थानीय सहयोग समूहमार्फत यमनी जनतालाई बाँडिनेछ ।

रबिआह र यूएईका अन्तराष्ट्रिय सहकार्य सहमन्त्री रीम अल–हासिमीले रियादमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बताए ।

पछिल्लो सहयोग रकम उक्त दुई मुलुक र कुबेतले सन् २०१८ का लागि थप सहयोग दिने सहमति अनुरूप संयुक्त राष्ट्रसंघ मानवीय सहयोग कार्यक्रम अन्तर्गत दिइएको रबिआहले बताए । कुबेतले पनि छुट्टै एक अर्ब २५ करोड अमेरिकी डलर सहयोग गरेको उनले बताए ।

साउदी अरब र युएईले यमनी हुथी समूहले यमन सरकारविरोधि आन्दोलनमा देशका अधिकाँश ग्रामीण इलाकासमेतलाई नियन्त्रणमा लिएपछि यमनी राष्ट्रपति अवेद्रेब्बो मन्सुर हाडीको आग्रहमा सन् २०१५ देखि सरकारको पक्षमा गठबन्धन सेनाको नेतृत्व गर्दै आएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार यमनमा गठबन्धन सेनाले हुथी विद्रोहीविरुद्ध चलाएको कारबाहीका क्रममा करिब १० हजार व्यक्तिले ज्यान गुमाएका छन् । तर अन्तराष्ट्रिय मानब अधिकार समूहले भने द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या विश्व स्वास्थ्य संगठनको तथ्याङ्कभन्दा पाँच गुणा बढी भएको दावी गर्दै आएका छन् ।

यमनी द्वन्द्वका कारण यहाँका अधिकाँश नागरिक भोकमरीको चपेटामा रहँदै आएका छन् जसलाई राष्ट्रसंघले अति विग्रेको अवस्थामा पुगेको मानवीय सङ्कटका रूपमा व्याख्या गर्दै आएको छ ।

वि.सं.२०७५ मंसिर ५ बुधवार ०९:२४ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...