back
CTIZAN AD

शान्ति वार्ताका लागि राष्ट्रसङ्घीय विषेश दूत यमनमा

वि.सं.२०७५ मंसिर ६ बिहीवार

636 

shares

६ मङ्सिर,साना ।  संयुक्त राष्ट्रसङ्घका विषेश दूत मार्टिन ग्रिफथ शान्ति वार्ताको तयारीका लागि यमन आइपुगेका छन् ।

विद्रोहीसँगको वार्ताका लागि वातावरण बनाउन उनी बुधबार यमनको राजधानी साना आइपुगेका समाचारमा जनाइएको छ ।

उनले राजधानी सानामा सरकारी पक्षलाई भेट्नु हुनेछ भने विद्रोही पक्षलाई अर्को महत्वपूर्ण शहर होडेडा शहरमा भेट्ने कार्यक्रम रहेको छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा गत शुक्रबार उनले यमन आउने आफ्नो योजनाका बारेमा जानकारी गराएका थिए ।

उनले एक हप्ताभित्रमा स्विडेनमा यमनको सरकारी पक्ष र विद्रोही पक्षका बीचमा वार्ता गराउने तयारी गरेका छन् ।

शान्ति वार्ता गराउने उनको गृहकार्य अनुसार नै केहीदिन अगाडि यमनको हुथी विद्रोही समूहले विभिन्न आक्रमण रोक्ने घोषणा गरेको छ । त्यस लगत्तै यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले पनि वार्तामा बस्न तयार रहेको सोमबार घोषणा गरेको छ ।

राष्ट्रसङ्घका विशेष दूत ग्रिफिथले गत शुक्रबार अर्को साता विद्रोहीको नियन्त्रणमा रहेको सानाको भ्रमण गर्ने जानकारीमा आएलगत्तै हुथी समूहले युद्धविराम गर्ने घोषणा सार्वजनिक गरेको हो ।

सेप्टेम्बरमा पनि स्वीडेनमा शान्तिवार्ता गर्ने तय भए पनि अन्तिममा विद्रोही हुथी समूहले सुरक्षाको कारण देखाएका कारण वार्ता स्थगित भएको थियो ।

विद्रोहीले राजधानी साना र होडेडालाई सन् २०१४ मा नियन्त्रण गरेका थिए । अर्को वर्ष सरकारका पक्षबाट साउदी अरेबिया र यसका गठबन्धन मुलुकले सानामा हुथीविरुद्ध भीषण हमला गरेका थिए ।

यमन गृहयुद्धका कारण अहिलेसम्म हजारौँ मानिसको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, त्यसयता मात्र १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । तर अधिकारकर्मीहरूले भने गृहयुद्धबाट मारिने व्यक्तिको सङ्ख्या यसको पाँच गुणा बढी भएको दाबी गरेका छन् ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार ०९:३९ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...