back
CTIZAN AD

दुई दशक पोखरा बसेका बाँस्तोला गाउँ फर्केर बाख्रापालनमा

वि.सं.२०७५ मंसिर ७ शुक्रवार

819 

shares
६ मंसीर, पोखरा । अवसर खोज्दै दुई दशकअघि पोखरा झरेका यहाँका एक युवा पुनः गाउँ फर्केर बोयर जातको बाख्रापालन व्यवसाय शुरु गरेका छन् ।

साबिकको माझठाना गाविस–६ ९हाल पोखरा महानगरपालिका–२८० का विष्णु बाँस्तोलाले अस्ट्रेलियाबाट ल्याएका दुइटा बोयर जातका पाठापाठीबाट व्यावसायिक बाख्रापालन शुरु गरेका हुन् । छोटो समयमा बढी उत्पादन दिने, कोल्डस्टोरको मात्रा कम हुने हुँदा उत्पादन र स्वास्थ्यको लागिसमेत उपयुक्त बोयर जात बाख्राको सङ्ख्या वृद्धि गरी विस्तार गर्दै जाने लक्ष्य राखेको उनले बताए ।

गत वैशाखमा अस्ट्रेलियाबाट २५ केजी पाठी र २७ केजीको पाठोलाई रु पाँच लाखमा खर्चेर ल्याएको जानकारी दिँदै उनले छ महीनाको अवधिमा पाठी ५२ केजी र बोका ६२ केजी तौलको बनेको बताउनुभयो । जङ्गलको बीच र एकान्त स्थानमा निर्मित अत्याधुनिक खोरमा यतिखेर विभिन्न जातका ३० वटा माहु बाख्रासहित ६० वटा पुगेको बताउँदै उनले हालसम्म बाख्रा पालनमा रु ५० लाख लगानी गरिसकेको बताए ।

उनका अनुसार सञ्चालन गरिएको ‘खर्का बाख्रा फार्म’ मासुको प्रयोजनका लागि नभई शुद्व बोयर एवम्म् स्थानीय खरी जातको बाख्रालाई बोयर बोका दिएर नस्ल सुधार गर्दै उन्नत जातका पाठापाठी बिक्री गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना राखिएको हो । अष्ट्रेलियाबाट खरीद गरेर ल्याएका शुद्ध बोयर जातबाट जन्मेका पाठापाठीलाई प्रतिकेजी जिउँदो दुई हजार २०० र क्रसलाई एक हजार ५०० का दरले बिक्री गर्ने लक्ष्य राखिएको छ । खरीद गरिएका ब्याउने माहु बाख्राबाट जन्मेका बोका बिक्री गर्दै आएको बताउँदै उनले भने, “हालसम्म सानाठूला गरी १५ वटा बिक्री गरेर लगभग डेढ लाख आम्दानी गरिसकेको छु, खोरमा हाल चार जनाले आवासीय रुपमा रोजगारी प्राप्त गरेका छन् ।”

बाँझिएको २४ रोपनी जग्गामा आधुनिक खोर निर्माण गर्नाका साथै बाख्राका लागि उपयुक्त मानिने इपिलइपिल, राई खनियोलगायत विभिन्न डाले घाँसका बिरुवा लगाएको र उत्पादनसमेत दिन शुरु गरेको व्यवसायमा सहयोग गर्दै आएका केशव बाँस्तोला बताउछन् । बाख्रा फार्मसँगै ११ घार मौरी र लोकल कुखुरासमेत पाल्न शुरु गरेको बताउँदै उनले सो क्षेत्रमा घरबास कार्यक्रमसमेत सञ्चालन गरेर आगन्तुक पाहुनालाई प्राङ्गारिक तरकारी, मह र मासुको स्वाद चखाउने योजना छ ।

अफ्रिकाको स्थानीय जातलाई युरोपमा ल्याएर विकास गरिएको बोयर जातको बाख्रामा जन्मेको एक वर्षसम्म दैनिक २।३५ ग्रामका दरले मासु वृद्धि हुने र राम्रो व्यवस्थापन गर्न सके एउटा बोका १३० केजीसम्म तौल हुने युवाका लागि नमूना बाख्रा गाउँ अभियन्ता सुशील अर्यालले बताउनुभयो । उनका अनुसार बोका नगन्हाउने, बोसोको मात्रा कम हुँदा बालकदेखि वृद्धसम्म जनसुकै उमेरका मानिसका लागि पनि उपयुक्त हुन्छ ।

बोकाको तीव्र वृद्धिदर भएको कारण स्वास्थ्य र आम्दानीको तुलनामा महत्वपूर्ण ठहरिएको हुँदा बोयर जातको बाख्रापालनका लागि नेपाल सरकारले समेत सिफारिश गरेको छ । देख्दा राम्रो र सफासुग्घर तथा शान्त वातावरण रुचाउने सो जातको बाख्रा दुई वर्षको अवधिमा तीन पटक ब्याउने र एक पटकमा दुई वटा पाठापाठी पाउने गर्दछ । समुन्द्री सतहबाट ८५० मिटर उचाइमा रहेको सो स्थानमा बोयर जातको बाख्रापालनका लागि उपयुक्त वातावरण भएको उल्लेख गर्दै उहाँले यस ‘खर्का बाख्रा फार्म’लाई गण्डकी प्रदेशको नमूना फर्मका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

सङ्घीय सांसद खगराज अधिकारीले सो बाख्रा फार्मको अवलोकन गरेको जानकारी दिँदै उनले फार्म रहेको स्थानलाई मोटर बाटोसँग जोड्न स्थानीय भौतिक विकास कार्यक्रमअन्तर्गत रु १० लाख विनियोजन गरेको बताए । गाउँमा बाँझिएका जग्गालाई सम्भाव्यता अध्ययनका आधारमा भरपुर उपयोग गर्दै उद्यमशीलताको विकासमार्पmत रोजगार सिर्जना गरी समृद्धिको आधार बनाउनु वर्तमानको आवश्यकता भएको सरोकारवाला बताउँछन् ।

वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०७:४५ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...