Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

“बजार मात्र होइन, अन्य क्षेत्रको समेत अनुगमन गरिनुपर्छ”



८ कात्तिक, काठमाडौँ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पछिल्लोपटक आपूर्ति मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयनबारे जानकारी लिएको छ ।

समितिको आइतबारको बैठकमा निर्देशन कार्यान्वयनबारे जानकारी गराउँदै आपूर्तिमन्त्री दीपक बोहराले मन्त्रालयले समितिले दिएका निर्देशन एकैचोटी कार्यान्वयन गर्नेभन्दा पनि क्रमशः गर्ने तयारीमा रहेको बताउनुभयो ।

“मन्त्रालयले अहिले बजार अनुगमनको बाटोलाई तीव्रता दिएको छ, काठमाडौँमा गरिएको अनुगमनसँग अन्य जिल्लामा समेत बजार अनुगमन गरिनेछ”– मन्त्री बोहराले भन्नुभयो ।

समितिले यसअघि पेट्रोलियम पदार्थको अभाव, आपूर्ति व्यवस्थाको सहजता, ग्यास ढुवानीलगायत विभिन्न विषयमा निर्देशन दिएको थियो । समितिका सभापति भीष्मराज आङ्दम्बेले समितिले दिएका निर्देशनलाई मन्त्रालयले आलटाल गर्नेभन्दा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद सुभाषचन्द्र शाह ठकुरीले बजार अनुगमन देखावटी र मौसमी मात्र भएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । बजार अनुगमनबारे भएका ऐन÷कानुन कार्यान्वयन गर्नुका साथै दोषीलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद राज्यलक्ष्मी श्रेष्ठले बजार अनुगमनका लागि अनुगमन मात्रभन्दा पनि अधिकारसम्पन्न टोली गठन गरेर त्यसलाई सधैँ सक्रिय बनाउनुपर्ने धारणा राख्नुभयो ।

बजार अनुगमनसँगै शिक्षा, स्वास्थ्य, यातायातलगायत अन्य क्षेत्रको समेत अनुगमन गर्नुपर्ने उहाँको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ