back
CTIZAN AD

बेल्जियम ईयू–क्यानाडा व्यापारिक सम्झौता गर्न असहमत

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

861 

shares

९ कात्तिक ब्रसेल्स (बेल्जियम) । बेल्जियमको सङ्घीय सरकारलाई यहाँका क्षेत्रीय प्रशासनद्वारा युरोपियन युनियन (ईयू) – क्यानाडा स्वतन्त्र व्यापार सम्झौता गर्ने विषयमा सहमति नदिएपछि प्रधानमन्त्री चाल्र्स मिसेलले सोमबार सम्झौता अघि बढ्न नसक्ने बताउनुभएको छ ।

मुलुकको जर्मन समुदायउ र फ्लान्डर्स सम्झौताको पक्षमा देखिए पनि वालोनिया, ब्रसेल्स र फ्रेन्च समुदायले स्वतन्त्र व्यापारको विपक्षमा मत व्यक्त गरेपछि मुलुकभित्रै विवादित हुनेगरी उक्त सम्झौतामा बेल्जियमले हस्ताक्षर गर्न नसक्ने प्रधानमन्त्री मिसेलले बताउनुभयो ।

हामी सम्झौतामा हस्ताक्षर गर्ने अवस्थामा पुग्न सकेनौँ, प्रधानमन्त्री मिसेलले ब्रसेल्समा क्षेत्रीय नेताहरूसँगको छलफलपछि सोमबार सञ्चारमाध्यमसँगको संक्षिप्त कुराकानीमा जानकारी गराउनुभयो ।

युरोपियन काउन्सिलका प्रमुख डोनाल्ड टस्कले सोमबारको मिति तोकेर हुन्छ वा हुन्न भन्ने निष्कर्षमा पुग्न गरेको आग्रह बमोजिम क्षेत्रीय नेताबीच भएको छलफलले अहिले उक्त सम्झौतामा हस्ताक्षर गर्न नसकिने गरी निर्णय दिएको एक क्षेत्रीय नेता पउल म्याग्नेटले बताउनुभयो ।

वालोना क्षेत्रमा बेल्जियमको आधाभन्दा बढी भुगोलका साथै मुलुकको जम्मा एक करोड जनसङ्ख्यामध्ये ३५ लाख जनसङ्ख्या रहेको छ ।

वालना लगायतका केही क्षेत्रका नेताहरू सम्झौताको विपक्षमा देखिएपछि सम्झौतामा बेल्जियमको हस्ताक्षर नहुने भएको म्याग्नेटले बताउनुभयो । एएफपी

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०४:०४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...