Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

बेल्जियम ईयू–क्यानाडा व्यापारिक सम्झौता गर्न असहमत



९ कात्तिक ब्रसेल्स (बेल्जियम) । बेल्जियमको सङ्घीय सरकारलाई यहाँका क्षेत्रीय प्रशासनद्वारा युरोपियन युनियन (ईयू) – क्यानाडा स्वतन्त्र व्यापार सम्झौता गर्ने विषयमा सहमति नदिएपछि प्रधानमन्त्री चाल्र्स मिसेलले सोमबार सम्झौता अघि बढ्न नसक्ने बताउनुभएको छ ।

मुलुकको जर्मन समुदायउ र फ्लान्डर्स सम्झौताको पक्षमा देखिए पनि वालोनिया, ब्रसेल्स र फ्रेन्च समुदायले स्वतन्त्र व्यापारको विपक्षमा मत व्यक्त गरेपछि मुलुकभित्रै विवादित हुनेगरी उक्त सम्झौतामा बेल्जियमले हस्ताक्षर गर्न नसक्ने प्रधानमन्त्री मिसेलले बताउनुभयो ।

हामी सम्झौतामा हस्ताक्षर गर्ने अवस्थामा पुग्न सकेनौँ, प्रधानमन्त्री मिसेलले ब्रसेल्समा क्षेत्रीय नेताहरूसँगको छलफलपछि सोमबार सञ्चारमाध्यमसँगको संक्षिप्त कुराकानीमा जानकारी गराउनुभयो ।

युरोपियन काउन्सिलका प्रमुख डोनाल्ड टस्कले सोमबारको मिति तोकेर हुन्छ वा हुन्न भन्ने निष्कर्षमा पुग्न गरेको आग्रह बमोजिम क्षेत्रीय नेताबीच भएको छलफलले अहिले उक्त सम्झौतामा हस्ताक्षर गर्न नसकिने गरी निर्णय दिएको एक क्षेत्रीय नेता पउल म्याग्नेटले बताउनुभयो ।

वालोना क्षेत्रमा बेल्जियमको आधाभन्दा बढी भुगोलका साथै मुलुकको जम्मा एक करोड जनसङ्ख्यामध्ये ३५ लाख जनसङ्ख्या रहेको छ ।

वालना लगायतका केही क्षेत्रका नेताहरू सम्झौताको विपक्षमा देखिएपछि सम्झौतामा बेल्जियमको हस्ताक्षर नहुने भएको म्याग्नेटले बताउनुभयो । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ