back

राष्ट्रसङ्घीय पर्यवेक्षकलाई सिनजियाङमा सशर्त स्वागत गरिने

वि.सं.२०७५ पुस २४ मंगलवार

306 

shares
GLOBAL IME AD
NTC AD

२४ पुस, बेइजिङ, चीन ।  चीनले संयुक्त राष्ट्रसङ्घीय अधिकारीलाई अशान्त भनिएको सिनजियानको पश्चिमी क्षेत्रमा सशर्त स्वागत गर्ने सोमबार बताएको छ । उसले अधिकारीहरूले त्यहाँ प्रवेश गरेपछि चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने शर्त राखेको छ ।

राष्ट्रसङ्घ मानव अधिकार प्रमुख मिसेल बाचेलेटले गत बर्षको डिसेम्बरमा राष्ट्रसङ्घले मुश्लिम अल्पसङ्ख्यक बसोबास गर्ने वस्तीहरूमा चलाएको शैक्षिक शिविरबारे जानकारी लिन चाहेको बताएका थिए । राष्ट्रसङ्घको आह्वानलाई स्वीकार्दै चीनले पछिल्लो निर्णय लिएको चिनियाँ अधिकारीले बताएका छन् ।

पाकिस्तान र अफगानिस्तानसँग सीमा रहेको चीनको उत्तरपश्चिमी क्षेत्रमा उइगुर अल्पसङ्ख्यक समुदायमाथि मानव अधिकार उल्लङ्घनका खबरहरू बाहिरिएका समय राष्ट्रसङ्घ मानव अधिकार निकायले चासो व्यक्त गरेको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले भन्नुभयो, “सिनजियान एक खुला क्षेत्र हो, हामी राष्ट्रसङ्घ लगायत सवै पक्षलाई भ्रमणका लागि यहाँ स्वागत गर्दछौँ । तर जोकोहीले पनि चिनियाँ कानून र नियमको पालना गर्नुपर्छ । तर त्यहाँ जाँदा उचित प्रक्रियालाई पालना गर्नुपर्छ ।”

उनले थपे, “तर राष्ट्रसङ्घीय अधिकारी र विज्ञसहित विदेशी नागरिकले चीनको आन्तरिक मामिलामा हस्तक्षेप भने गर्न पाउने छैनन् ।”

वि.सं.२०७५ पुस २४ मंगलवार ०९:४५ मा प्रकाशित

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको...

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बढ्यो चीनको विद्युत् उत्पादन क्षमता

बेइजिङ । चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन्...

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण

न्युयोर्क । हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य...

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...