back
CTIZAN AD

राष्ट्रसङ्घीय पर्यवेक्षकलाई सिनजियाङमा सशर्त स्वागत गरिने

वि.सं.२०७५ पुस २४ मंगलवार

639 

shares

२४ पुस, बेइजिङ, चीन ।  चीनले संयुक्त राष्ट्रसङ्घीय अधिकारीलाई अशान्त भनिएको सिनजियानको पश्चिमी क्षेत्रमा सशर्त स्वागत गर्ने सोमबार बताएको छ । उसले अधिकारीहरूले त्यहाँ प्रवेश गरेपछि चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने शर्त राखेको छ ।

राष्ट्रसङ्घ मानव अधिकार प्रमुख मिसेल बाचेलेटले गत बर्षको डिसेम्बरमा राष्ट्रसङ्घले मुश्लिम अल्पसङ्ख्यक बसोबास गर्ने वस्तीहरूमा चलाएको शैक्षिक शिविरबारे जानकारी लिन चाहेको बताएका थिए । राष्ट्रसङ्घको आह्वानलाई स्वीकार्दै चीनले पछिल्लो निर्णय लिएको चिनियाँ अधिकारीले बताएका छन् ।

पाकिस्तान र अफगानिस्तानसँग सीमा रहेको चीनको उत्तरपश्चिमी क्षेत्रमा उइगुर अल्पसङ्ख्यक समुदायमाथि मानव अधिकार उल्लङ्घनका खबरहरू बाहिरिएका समय राष्ट्रसङ्घ मानव अधिकार निकायले चासो व्यक्त गरेको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले भन्नुभयो, “सिनजियान एक खुला क्षेत्र हो, हामी राष्ट्रसङ्घ लगायत सवै पक्षलाई भ्रमणका लागि यहाँ स्वागत गर्दछौँ । तर जोकोहीले पनि चिनियाँ कानून र नियमको पालना गर्नुपर्छ । तर त्यहाँ जाँदा उचित प्रक्रियालाई पालना गर्नुपर्छ ।”

उनले थपे, “तर राष्ट्रसङ्घीय अधिकारी र विज्ञसहित विदेशी नागरिकले चीनको आन्तरिक मामिलामा हस्तक्षेप भने गर्न पाउने छैनन् ।”

वि.सं.२०७५ पुस २४ मंगलवार ०९:४५ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...