back
CTIZAN AD

युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

वि.सं.२०७५ पुस २९ आइतवार

927 

shares

२९ पुस, नारायणपुर । लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जानेकी थिइनन् । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ ।

१७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बन उनले जम्माजम्मी चार सन्तान हुर्काए । सन्तान सँगसँगै रोग पनि हुर्किएको उनले थाहा पाएनन् । बेलीले भने, “अहिले छोराछोरी हुर्किए, छोराछोरीसँगै शरीरमा रोग पनि हुर्किदै गएको रैछ ।”

घोराही उपमहानगरपालिका–४ को कार्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आएकी बेलीलाई धेरै वर्षदेखि पाठेघरको समस्या थियो । श्रीमान् गुमेपछि आफैँले जन्मदिने छोराछोरीलाई त्यस्तो कुरा कसरी भन्नु र त्यही लाजका कारण पाठेघरको समस्या झन विकराल हुँदै गएपछि जाँच गर्न आएको  । “एक पटक स्वास्थ्यचौकीमा गएँ, घोराहीको ठूलो सरकारी अस्पतालमा जानु भन्यो, गएँ” बेलीले सुनाए, “पाठेघर खस्ने गथ्र्यो, लाज लाग्यो, सेतोपानी मात्र बग्छ भनेर रोग लुकाएँ ।”

सिस्नेखोलाकी सुनिता रोका पाठेघरको समस्या बोकेर शिविरमा आइन् । १६ वर्षको उमेरमा विवाह गरेकी सुनिता अहिले २६ वर्षको उमेरमा दुई सन्तानको आमा भइसकेकी छन् । “महीनावारी समयमा हुन्न, सेतोपानी बग्ने, गनाउने पानी बग्ने भएर आएको ।” सुनिताले भनीन्, “डाक्टरले पाठेघरमा समस्या देखिएको छ, भनेका छन् ।” पाठेघरको सङ्क्रमण भएपछि औषधि लिएर सुनिता घर फर्किकी छन् ।

विवाह गरेर सन्तानको आमा भइसकेका युवतीदेखि उमेरले वृद्धावस्थामा पुगेका महिला पाठेघरको समस्याबाट पीडित रहेको डा पुष्पा डाँगीले बताए । २८७ बिरामीको स्वास्थ्य जाँच गरिएको शिविरमा १०३ महिलाको पाठेघरमा समस्या देखिएको नेपाल परिवार नियोजन सङ्घका प्रबन्धक वसन्त खनालले जानकारी दिए ।

“नेपाल परिवार नियोजन सङ्घले विभिन्न निकायसँगको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गर्छ । शिविरमा धेरैजसो महिला पाठेघरको समस्या लिएर आउछन्   ।                                                                                                                                                  ।” प्रबन्धक खनालले भने, “पाठेघरको समस्या नभएको त महिला नै छैन भने पनि हुन्छ गाउँमा ।” समस्या हुनु ठुलो कुरा नभए पनि समस्या लुकाएर बस्नु सबैभन्दा खतरनाक विषय भएको खनालले बताए । “सानो समस्या हुँदा लाज मान्ने र विकराल बनेपछि उपचार नै सम्भव नहुने समस्या छ ।”

सानै उमेरमा विवाह गर्ने, सानै उमेरमा सन्तान उत्पादन प्रक्रियामा भाग लिने, जन्मान्तर नहुने र धेरै बच्चा जन्माउने महिलामा पाठेघरको समस्या देखिने डा डाँगीले बताए । शिविरमा आँखाका ९० बिरामी, दाँतका ४५, यौनरोगसम्बन्धी २२ र स्तनका दुई जना बिरामीको स्वास्थ्य जाँच गरिएको परिवार नियोजन सङ्घले बताएको छ ।

वडावासीको स्वास्थ्य अवस्था बुझ्न र निःशुल्क स्वास्थ्य जाँचका लागि शिविरको आयोजना गरिएको वडाध्यक्ष भीमबहादुर सार्कीले बताए ।

वि.सं.२०७५ पुस २९ आइतवार १२:१३ मा प्रकाशित

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

काठमाडाैँ । नेपाल टेलिकम ले फोन तथा मोबाइल सेवा प्रयोग...

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...