
ओमान । ओमानमा कार्यरत नेपाली महिलाहरुले दूतावासलाई आफ्नो समस्या यसरी सुनाएका छन् ।
लामो समयदेखि ओमानमा रहेर घरेलु कामदारको रूपमा कार्यरत महिलाहरू र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपाल सरकारले श्रम स्वीकृतिमा प्रतिबन्ध लगाएपछिको समस्या राजदूतलाई अवगत गराएका छन् । समस्यामा रहेका महिलाहरूको कुरा सुन्न दूतावासकै पहलमा ‘राजदूतका साथ चिया’ (त्भब ध्ष्तज ब्mदबककबमयच ० कार्यक्रम को आयोजना गरिएको थियो ।
सुरक्षित अनि ईमान्दारीपूर्वक कार्य गरेर बिदामा नेपाल फर्किएका महिलाहरू फेरि काममा फर्किन नपाएको र बिना आयआर्जन ऊनीहरूको बिचल्ली भएको बताइएको थियो ।
बिदेश आएर छोराछोरी पढाउने श्रोत जुटेपछि राम्रो पढाई गरिरहेका छोरा छोरीको चिन्ता तथा घरको छाक टार्ने समस्याले उनीहरुलाई चिन्तित तुल्याएको छ भने यता स्वदेश फर्केर फेरि फर्किन नपाउने भएपछी बिदा भएर पनि महिलाहरू घर जान डराई रहेका छन् ।
पिडित मध्ये कि एक महिलाले भनिन् ‘समानताको ठूला–ठूला कुरा गर्ने सरकारले हामी मेहनती ईमान्दार महिलालाई काम गरेर खान पनि प्रतिबन्ध लगाउनु र अपराधिको जस्तो ब्यबहार गर्नु निन्दनीय छ ।’
सरकारले सहजता र सुरक्षा दिनुको साटो झन सास्ती थपेको उनीहरुको गुनासो छ । ‘हामीलाई यहा समस्या छैन र बिदेशमा नोकरी गर्न चाहन्छौ फेरि सरकार किन श्रम स्वीकृति रोकेर बसेको छ ।’ उनीहरुले भने ।
सरकारको यस्तो निर्णयका कारण लाखौ घुस लिएर भारत वा अन्य बाटो गरेर बिदेश पठाउने दलाल मौलाउदै गएका छन् । छोराछोरी सम्झेर रूदै गरेका महिलाहरूले आफ्नो बेदनाको पोको निसङ्कोच राजदूत समक्ष यसरी फुकाएका थिए ।
जवाफमा राजदुत शर्मिला पराजुलीले नेपाल सरकारसँग कुरा राखेर छिट्टै समस्याको निकास निकाल्ने आश्वासन दिएकी थिइन् ।
दूतावासले आफै पहल गरेर यसरी समस्या सुनिदिएकोमा सहभागी महिलाहरूले खुशी व्यक्त गरेका थिए ।
वि.सं.२०७५ पुस २९ आइतवार १२:४२ मा प्रकाशित