back
CTIZAN AD

ओमानमा कार्यरत नेपाली महिलाले यसरी सुनाए राजदूतसमक्ष पीडा

वि.सं.२०७५ पुस २९ आइतवार

837 

shares

ओमान । ओमानमा कार्यरत नेपाली महिलाहरुले दूतावासलाई आफ्नो समस्या यसरी सुनाएका छन् ।
लामो समयदेखि ओमानमा रहेर घरेलु कामदारको रूपमा कार्यरत महिलाहरू र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपाल सरकारले श्रम स्वीकृतिमा प्रतिबन्ध लगाएपछिको समस्या राजदूतलाई अवगत गराएका छन् । समस्यामा रहेका महिलाहरूको कुरा सुन्न दूतावासकै पहलमा ‘राजदूतका साथ चिया’ (त्भब ध्ष्तज ब्mदबककबमयच ० कार्यक्रम को आयोजना गरिएको थियो ।

सुरक्षित अनि ईमान्दारीपूर्वक कार्य गरेर बिदामा नेपाल फर्किएका महिलाहरू फेरि काममा फर्किन नपाएको र बिना आयआर्जन ऊनीहरूको बिचल्ली भएको बताइएको थियो ।
बिदेश आएर छोराछोरी पढाउने श्रोत जुटेपछि राम्रो पढाई गरिरहेका छोरा छोरीको चिन्ता तथा घरको छाक टार्ने समस्याले उनीहरुलाई चिन्तित तुल्याएको छ भने यता स्वदेश फर्केर फेरि फर्किन नपाउने भएपछी बिदा भएर पनि महिलाहरू घर जान डराई रहेका छन् ।

पिडित मध्ये कि एक महिलाले भनिन् ‘समानताको ठूला–ठूला कुरा गर्ने सरकारले हामी मेहनती ईमान्दार महिलालाई काम गरेर खान पनि प्रतिबन्ध लगाउनु र अपराधिको जस्तो ब्यबहार गर्नु निन्दनीय छ ।’

सरकारले सहजता र सुरक्षा दिनुको साटो झन सास्ती थपेको उनीहरुको गुनासो छ । ‘हामीलाई यहा समस्या छैन र बिदेशमा नोकरी गर्न चाहन्छौ फेरि सरकार किन श्रम स्वीकृति रोकेर बसेको छ ।’ उनीहरुले भने ।

सरकारको यस्तो निर्णयका कारण लाखौ घुस लिएर भारत वा अन्य बाटो गरेर बिदेश पठाउने दलाल मौलाउदै गएका छन् । छोराछोरी सम्झेर रूदै गरेका महिलाहरूले आफ्नो बेदनाको पोको निसङ्कोच राजदूत समक्ष यसरी फुकाएका थिए ।

जवाफमा राजदुत शर्मिला पराजुलीले नेपाल सरकारसँग कुरा राखेर छिट्टै समस्याको निकास निकाल्ने आश्वासन दिएकी थिइन् ।
दूतावासले आफै पहल गरेर यसरी समस्या सुनिदिएकोमा सहभागी महिलाहरूले खुशी व्यक्त गरेका थिए ।

वि.सं.२०७५ पुस २९ आइतवार १२:४२ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...