Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

महिला क्रिकेट : नेपालको लगातार दोस्रो जित



२९ पुस, काठमाडौ ।  थाइल्याण्डमा जारी महिला टी–२० स्मास २०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो पटक जित हात पारेको छ ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेशियालाई छ विकेटले पराजित गर्दैै प्रतियोगितामा दोस्रो पटक हासिल गरेको हो । यसअघि हिजो शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।

पहिले ब्याटिङ गरेको मलेशियाले नेपाललाई ६२ रनको लक्ष्य दिएको थियो । बैसठ्ठी रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको नेपालले १६ दशमलव दुई ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालका लागि रोमा थापाले सर्वाधिक २० रनको योगदान दिइन् । त्यस्तै सीता रानामगरले १६ तथा ममता चौधरीले अविजित नौ रन जोडिन् । मलेशियाको अना हमिजा र इनटान जामदहायु जाफरले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ६१ रनको योगफल बनाएकामा सोली टिजिनले १२ तथा युसिरिना यकोपले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् ।

उक्त खेलमा नेपालकी सरिता मगर एक्लैले ४ विकेट लिएकी थिइन् । नेपालले भोलि आफ्नो तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएइसँग प्रतिस्पर्धा गर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।