back
CTIZAN AD

अमेरिकासँगको व्यापार विवाद यो वर्षभरिमा निकास पाउँछ : चीन

वि.सं.२०७५ पुस ३० सोमवार

696 

shares

३० पुस, चीन, बेइजिङ ।  अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्रमा सही दिशामा ल्याउने चीनका वाणिज्य मन्त्रीले चिनियाँ सञ्चारमाध्यमलाई बताएका छन् ।

अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय भएको मन्त्री झोङ सानले बताए सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच अर्जेन्टिनामा भएका सहमतिलाई आधार बनाएर वार्तामा छलफल भएको र कुराकानी सकारात्मक दिशातर्फ अघि बढेको उनको भनाइ थियो ।

वाणिज्य मन्त्रीलाई उद्धृत गर्दै सिन्ह्वाले भनेको छ, “वार्ताबाट व्यापारबारे पारस्पारिक चासोका विषयलाई समाधान गर्न आधार खडा भएको छ । हामीले सावधानीपूर्वक चीन–अमेरिका आर्थिक तथा व्यापार विवादलाई यसै वर्षमा समाधान गर्छौँ ।”

झोङले भने, “बेइजिङले बाहिरी लगानीलाई पनि प्रोत्साहित गर्नेछ, वैदेशिक लगानीका लागि कानून अनुमोदन गराउने र विवाद समाधान प्रणालीमा सुधार ल्याउनेछ ।”

चीनका नीति निर्माताहरूले थप खुला र स्वतन्त्र बजारका लागि काम गर्न लामो समयदेखि प्रतिबद्धता जनाए पनि तर अधिकारीहरूद्वारा उक्त प्रतिबद्धतालाई कार्यान्वयनमा लाने कुरामा ढिलाइ भइरहेको छ ।

युरोपेली युनियन च्याम्बर अफ कमर्सले चीनको स्वतन्त्र बजारप्रतिको नीतिलाई ‘संवेदनरहित प्रतिबद्धता’ का रूपमा लिएको छ ।

झोङले भने, “चीनको नकारात्मक सूची, जसले निश्चित उद्योगहरूमा लगानी गर्न कडाई गरेको छ, लाई थप कमजोर बनाएको छ ।” बेइजिङले पनि आर्थिक क्षेत्र विस्तारमा देश बाहिरको लगानी भित्र्याउनका लागि चिनियाँ सरकारको संयुक्त सहकार्यविना नै खुला बनाउने पहल गरिरहेको छ ।

खासगरी विदेशी लगानी निर्माण, उच्च प्रविधिजन्य उद्योग र चीनको भित्री क्षेत्रमा लगानी गर्ने कुरालाई मन्त्री झोङले विशेष जोड दिनुभयो । यो विषय र गत वर्ष गरिएका प्रतिबद्धतामा भिन्नता खासै नपाइने युरोपको बुझाई छ ।

अमेरिकी लगानीलाई लक्षित गरी थप खुला क्षेत्रको सुनिश्चितता र आर्थिक सुधारका पक्षमा नै वाशिङ्टनसँगको वार्ता केन्द्रित रहेको थियो ।

वि.सं.२०७५ पुस ३० सोमवार ०९:२६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...