back
CTIZAN AD

अमेरिकाले दिन्न मात्रै धेरै कुराहरु छिन्छ पनि

वि.सं.२०७५ पुस ३० सोमवार

708 

shares

उनको पिडा यत्तिकैमा सकिएन । गएको ५ बर्ष अघि आफ्ना बाबु पनि गुमाए । एक बहिनी यतै छिन अमेरिकामा उनको । आमा एक्लै छिन नेपालमा । २ पटक भैसकेछ उनले आमा अमेरिका ल्याएका तर बस्न मानिनन् आमाले । मतलब आमा टिक्न सकिनन् अमेरिकामा । घर किनिदिए आमालाइ काठमान्डौमा तर ठूलै घरमा एक्लै रुङ्गैछिन आमा । पिर, ताप र बिछोडिएको मनहरुले आमा सार्है नै दुब्लाएकि छिन । कुनै पनि बेला आमाले पृथ्वी छोड्न सक्छिन् । रमणका आफन्तहरु पनि कोहि अष्ट्रेलिया, कोहि युरोपतिरै छन् ।

 

रमण र उनको सुन्दर परिवार अमेरिका प्रबास भासिएको पनि ठ्याक्कै १६ लागेछ बर्षले । त्यतिबेला सम्म मुस्किलले ४ पटक जति जन्मभूमि नेपाल जाने मौका जु¥र्यो उनलाइ । २ पटक एक्लै र २ पटक सपरिवार सहित । यो म्याथम्याटिक्स औसतमा हरेक ४–४ बर्षमा उनले नेपाल भ्रमण गरेछन् ।

समग्रमा अमेरिका, एक खालको हिलो भने भयो । जहाँ खुट्टा गाडेपछि भासिन्छ मज्जाले । गोटा ३९४ वटै कारणहरु छन यसो हुनुमा चाहि । सुन्दर सपना, गुणस्तरीय जिवन, समुन्नती र सम्बृद्दि सहितको जीवन र बच्चा एबम् परिवारको भबिश्यका लागि नै प्रबास छिर्नुको मुल उद्धेश्य हो भनेर भन्दा भयो ।

अमेरिकि कानुन, यहाको बसाइ, खानपान, बातावरण, हावापानी, बस्ने स्थानको बन्दोबस्ति, श्रम तथा रोजगारिको सुनिश्चितता, बच्चाहरुको स्कुल एबम् कलेज, यहाको जिउने कलासङ्ग ठक्कर खादाखादै मानिसको एक २–५ बर्ष त्यत्तिकै बित्दो रहेछ धेरैका । यत्ति मात्रै उल्लेख गरेर यसको पुर्ण फेरो समाप्त हुनै सक्दैन । भिजिटर भिषामा आएका, डिभिमार्फत ग्रिन कार्ड खल्तीतमै बोकि आएका, अध्ययन एबम तालिमको सिलसिलामा आएका, परिवार वा आफन्तका डिपेन्डेन्ड भिषामा आएका र दलालमार्फत महिनौ महिना लगाइ साध सीमानाबाट आएका नेपालीहरुको आ–आफ्नै रामकहानी छन अमेरिकामा । गी्रन कार्ड बोकि आउने र परिवार एबम् आफन्तको स्पोन्सरमा आउनेहरु बाहेक सबैले अमेरिकी अध्यागमनको कानुनी कागज बनाउने कठिन फलामे यात्रा तय गर्नै पर्दछ । तर, कसैले धेरै त कसैले थोरै । धेरैका इमिग्रेसनको कारुणीक पिडा उल्लेख गरी साध्य छैन यो सानो लेखमा ।

आफ्नो कानुनी कागज बनेर मात्रै ह्याप्पि हुदैन मानिस । उसले त्यसपछि आफ्ना बच्चा परिवार भित्र्याउछ सबैभन्दा पहिले । त्यसपछि आफ्ना आमाबाउ, सासुससुरा, दाजुभाइ, दिदिबहिनी र यो क्रम सम्पन्न हुन र यो क्रममा ग्रीन कार्ड, नेचुरलाइजेसन मार्फत प्राप्त हुने सिटिजनसिप नागरिकता लिने र सबै परिवारको कानुनी हैसियत बराबरी बनाउने क्रमकै लगभग अर्को १५ देखि २० बर्ष लाग्ने रहेछ ।

यस क्रममा कडा परिश्रम गर्दछन । मतलब ५० घण्टा, ६० घन्टा, ७० घन्टा, ८० वा कसैकसैले सो भन्दा माथि नै साप्ताहिक श्रमबाट आर्जेको सिड मनिले बास किन्छ, गाडी किन्दछ, क्रेडीट स्टाब्लिश गर्दछ, कहिलेकाहि घुमफिर गर्दछ मतलब अमेरिकी जीवनशैलीको क्रिम केही हदसम्म लिन्छ भन्दा भयो ।

यत्तिले मात्रै ह्याप्पि छैन मानिस । ब्यबसाय, लगानीमार्फत आर्थिक स्वतन्त्रताका लागि सघर्ष गर्ने र सफलता प्राप्त गर्नेहरु पनि त्यत्तिकै छन् अमेरिकामा । अलि अलि डलर छ, बस्ने बास छ, कुद्ने गाडी छ, काम गर्दछ र बेला मौका भ्याएका बेला भाइसाथि साथि सङ्गिनि भेटघाट यहि क्रम चलिरहेकै छ प्रबास अमेरिकामा ।

यत्तिसम्म त भयो तर अर्को दुःखद पाटो पनि त्यत्तिकै ज्वलन्त छ । १६ बर्षका बिचमा रमणले हजुरबुवा गुमाए तर नेपाल जानै पाएनन् । मतलब हजुरबुवाको मर्ने स्वास जाने बेलामा मुख समेत हेर्ने मौका मिलेन उनलाइ । हजुरबाउको स्वर्गे भएकै २ बर्ष बित्न नपाउदै हजुरआमा पनि बिदा भइन तर पनि रमण नेपाल जानै पाएनन् ।

उनको पिडा यत्तिकैमा सकिएन । गएको ५ बर्ष अघि आफ्ना बाबु पनि गुमाए । एक बहिनी यतै छिन अमेरिकामा उनको । आमा एक्लै छिन नेपालमा । २ पटक भैसकेछ उनले आमा अमेरिका ल्याएका तर बस्न मानिनन् आमाले । मतलब आमा टिक्न सकिनन् अमेरिकामा । घर किनिदिए आमालाइ काठमान्डौमा तर ठूलै घरमा एक्लै रुङ्गैछिन आमा । पिर, ताप र बिछोडिएको मनहरुले आमा सार्है नै दुब्लाएकि छिन । कुनै पनि बेला आमाले पृथ्वी छोड्न सक्छिन् । रमणका आफन्तहरु पनि कोहि अष्ट्रेलिया, कोहि युरोपतिरै छन् ।

प्रदेशीदै जादा आफन्त परिवार, नातागोता र पारिवारिक सम्बन्धहरु छिद्रछिद्र हुदैछन प्रदेशिनेहरुका धेरैका रमणका जस्तै । प्रदेशमा आर्थिक जिम्मेवारी, भबिश्य बनाउने सपनामा बिछिप्त हुदै गएको पारिवारिक तनाहरु एकाएक चुडिदै छन धेरैका । मनहरु फाटेका छन । आमाबाउहरुका जसका छोराछोरी बिदेशिएका छन् । लाउँ लाउँ र खाँउ खाँउका उमेरमा दुखका साथ हुर्काइएका छोराछोरिहरु बुढेसकालमा टाढिदै छन । पाल्ला, हेरचाह गर्ला बुढेसकालमा भन्ने मनहरु फाट्न थाले । माया, ममता, स्नेह मनि र डलरमा साट्न सकिदैन ।

अमेरिकाबाट पठाइएका डलर, जिन्सि र उपहारहरुले ति मन फाटेका आमाबाबुहरुको टुटेका मनहरु टाल्न नसकिने रहेछ । रमण त प्रबासिएका नेपालीहरुको एउटा पात्र मात्र हुन् । बिदेशिने अधिकाश नेपालीहरुको एउटा कारुणिक यथार्थ कथाको प्रतिनिधित्व मात्र गरेका हुन रमणले । अमेरिकाले दिदैन् मात्रै ठूलो रुपमा छिनेको पनि छ ।

वि.सं.२०७५ पुस ३० सोमवार ०९:२९ मा प्रकाशित

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...