back
CTIZAN AD

स्वास्थ्य शिविरमा ६ सयको निःशुल्क उपचार

वि.सं.२०७५ पुस ३० सोमवार

888 

shares

पुस, पर्वत ।  यहाँको एक गाउँमा पहिलोपटक सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने शिविरमा ६१२ को स्वास्थ्य परीक्षण गरिएको हो । रि–लाइफ आयुर्वेद हस्पिटल प्रालि पोखराको सहयोग र पार्वती युवा क्लब पातीचौरको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा पायल्स, फिस्टुला, फिसर, नसा तथा बाथ रोग, प्यारालाइसिस, जण्डिस, स्त्रीरोगका बिरामीको परीक्षण गरिएको आयोजक पार्वती युवा क्लबका अध्यक्ष समिर मल्लले जानकारी दिए । उनका अनुसार शिविरमा ग्याष्ट्रिक र स्त्रीरोगसम्बन्धी बिरामीको बढी भीड लागेको थियो । उपचार गर्न आउनेलाई निःशुल्क औषधिसमेत वितरण गरिएको छ । एलोपेथिक पद्धतिबाट उपचार गराउने परम्परा बढ्दै गएका बेला आयुर्वेदतर्फ पनि नागरिकको उत्तिकै विश्वास रहेको मल्लले जानकारी दिएका छन् ।

वरिष्ठ आयुर्वेदिक डाक्टरको उपस्थिति रहेको शिविरमा उपचार गराउनका लागि मोदी गाउँपालिकाका विभिन्न वडाका साथै कुश्मा नगरपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट समेत बिरामी सहभागी भएका थिए । शिविरमा वरिष्ठ आयुर्वेद विशेषज्ञ डा ओमप्रकाश कलोनी, डाक्टर सुजना शर्मा, डा दीपक भुसाल, ल्याब टेक्नोलोजिष्ट डा नरेशप्रसाद पाण्डे, फिजियोथेरापिष्ट डा दिनेश गुरुङलगायतका चिकित्सवकबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

महाशिलाबाट ३५० बाँदर निकुञ्जमा लगियो

पर्वतको महाशिला गाउँपालिकाले झण्डै ३५० बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याएको छ । बाँदरले बालीनाली सखाप पारेको गुनासो आएपछि महाशिलाले अभियान नै चलाएर बाँदर समातेर चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३३० बाँदर गत साता निकुञ्जमा पु¥याइएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

उनका अनुसार यतिको सङ्ख्यामा बाँदर नियन्त्रणमा लिनका लागि रु ११ लाखभन्दा बढी खर्च भएको छ । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष ०७५÷०७६ मा रु १५ लाख विनियोजन गरेको छ । सोमध्ये रु ११ लाख खर्च भइसकेको प्रवक्ता उच्चैले जानकारी दिए ।
गाउँमा उत्पादित फलफूल, मकै, धान, तरकारी, आलु बाँदरले सखाप पारेपछि महाशिलाको गाउँसभामबाटै बाँदर नियन्त्रण गर्न प्रस्ताव पारित गरिएको थियो । भोक्सिङ, लुंखु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकोमा गएको साउनदेखि यता धेरै नियन्त्रण भएको महाशिला–५ की सरस्वती अधिकारीले बताए ।

वि.सं.२०७५ पुस ३० सोमवार ०९:३५ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...