back
CTIZAN AD

मगर सङ्घ गण्डकी प्रदेशमा सिद्धान्त

वि.सं.२०७५ पुस ३० सोमवार

741 

shares

३० पुस, गलकोट ।  नेपाल मगर सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सिद्धान्त गर्जा मगर निर्वाचत भएका छन् ।

पुस र २८ गते बागलुङमा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले गर्र्र्जा मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको आइतबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

तनहुँ जिल्लामा जन्मेका गर्जा मगर लामो समयदेखि मगर समुदायको अधिकारका लागि लागिरहेका थिए । समितिको प्रथम उपाध्यक्षमा गणेशबहादुर थापा मगर, उपाध्यक्षमा हेमबहादुर बुढामगर, मुख्य सचिवमा विष्णुबहादुर रानामगर, सचिवमा हेमन्त थापामगर, राजकुमार थापामगर र देवीसरा पुलामी मगर रहेका छन् भने महिला सचिवमा तारामाया थापा मगर रहेका छन् । त्यस्तै समितिको कोषाध्यक्षमा तुलबहादुर सुनारी मगर, सहकोषाध्यक्षमा मोहन थापामगर रहेका छन् ।

यस्तै सदस्यमा यामकुमारी राना, डिलबहादुर आलेमगर, नन्दबहादुर थापा मगर, भीमकुमारी आले, इन्द्रबहादुर थापा, पवित्रा थापामगर, टकबहादुर रानामगर, इन्द्रमाया रानामगर, सुस्मिता थापामगर, उक्तमप्रसाद वकावल मगर, सिंहबहादुर ढेगामगर, रासबहादुर थापामगर रहेका छन् ।

यस्तै बुद्धिबहादुर थापामगर, ज्ञानीसरा थापामगर, दानबहादुर थावपामगर, नारायण थापामगर, लक्ष्मी राना, बालकुमार रोकामगर, अनिल रामजाली मगर, यामकुमारी गर्बुजामगर, बवानीशङ्कर पुनमगर, छविकला थापामगर, योगेश भण्डारी मगर, जितबहादुर पुनमगर, यामबहादुर आलेमगर रहेका थिए ।
अधिवेसनमा गण्डकी प्रदेशका १० जिल्लाका ७४ स्थानीय तहबाट ३०० प्रतिनिधि सहभागी भएका थिए ।

वि.सं.२०७५ पुस ३० सोमवार १०:०५ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...