back
CTIZAN AD

रामेछाप दोहा सम्पर्क समाज र प्रदेश नं ३ समन्वय परिषदको सम्मान कार्यक्रम

वि.सं.२०७५ पुस ३० सोमवार

870 

shares

दोहा कतार । रामेछाप दोहा सम्पर्क समाज र प्रदेश नं ३ समन्वय परिषदद्धारा गायक प्रकास कटुवाललाई सम्मान गरिएको छ ।

दोहा नजमामा रहेको रोयल रेष्टुरेण्टमा एक कार्यक्रम आयोजना गरी गाउक कटुवाललाई संयुक्त सम्मान गरिएको हो ।

रामेछाप दोहा सम्पर्क समाजका कोषाध्यक्ष उद्धव मगर र प्रदेश नं ३ समन्वय परिषदका अध्यक्ष समिर के.सीको अध्यक्षता,गायक प्रकास कटुवालको प्रमुख आतिथ्यता तथा प्रदेश नं ३ समन्वयका सल्लाहाकार प्रकास बोहोरा, नेपाल प्रवासी तामाङ्ग समाज कतारका अध्यक्ष तीर्थ थिङ्ग तामाङ्ग, प्रदेश नं ३ समन्वय परिषदका महासचिव कविन्द्र कंडेल, मकवानपुर मिलन केन्द्रका अध्यक्ष रमेश तिवारी, शुक बहादुर तामाङ्ग, संस्थापक सल्लाहाकार (तामाङ्ग समाज कतार,) शंखलाल तामाङ्ग, रामहरी अधिकारी (नुवाकोट सेवा समाज सल्लाहाकार) नारायण भण्डारी प्रदेश नं ३ सल्लाहाकारको विशेष आतिथ्यता रहेको थियो ।

रामेछाप दोहा सम्पर्क समाजका सचिव ललितकुमार तामाङ्गको सञ्चालन रहेको कार्यक्रमा हलमा उपस्थित सम्पूर्णलाई सम्पर्क समाजा सक्रिय सदस्य नर बहादुर घिसिङ्गको स्वागत मन्तव्य रहेको थियो ।

कार्यक्रममा कलाकार प्रकास कटुवालाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

संस्थाबाट प्रतिनिधित्व गरी आउनु हुने विशेष अतिथी, अतिथीहरु लगायत सम्पूर्णले आ–आफ्ना भनाई राख्दै आगामी दिनहरुमा गायक प्रकाश कटुवालको उत्तरोत्तर प्रगतीको कामना गरिएको थियो । जिल्ला देश, परदेशसम्म आफ्नो कलाकारीताको उच्च शीखरमा आफ्ना नाम राख्न सफल होस् भन्ने शुभकामना दिइएको थियो ।

त्यस्तै गायक कटुवालले आगामी दिनहरुमा आफ्नो लोकगायनप्रति दृढ विश्वासका साथ निरन्तर अगाडी बढ्दै दर्शक श्रोताको मन जित्दै श्रोतालाई कहीले निराशा नबनाउने बाचा गरेका थिए । उनले आफूलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने प्रदेश नं ३ समन्वयन परिषदका सम्पूर्ण युनिटलाई हृदयदृेखिनै आभार प्रकट गरेका थिए । आफू पनि रामेछाप जिल्लाबासी भएको र यहाँ पनि रामेछापबाट आएर श्रम गरीरहेको तथा कामका बावजुत पनि समय निकालेर जिल्लावासी जुट्नुपर्छ भन्ने भावनाका साथ लागेका अग्रज यस रामेछाप दोहा सम्पर्क समाज जिल्लाबासीहरुसंग भेटेर सम्मानपत्र पाउँदा आफू अत्यन्तै हर्षित र गर्भका लागेको बताए ।

अन्त्यमा कार्यक्रमका अध्यक्ष समीर केसीबाट कार्यक्रम अत्यन्तै सौह्राद्रपूर्ण वातावरणमा समापन भएको घोषणा गरेका थिए ।

वि.सं.२०७५ पुस ३० सोमवार ०९:५८ मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...