back
CTIZAN AD

महर्षि महेश योगीको १०२ औँ जन्मजयन्ती

वि.सं.२०७५ पुस ३० सोमवार

1.1K 

shares

३० पुस, काठमाडौ ।  वैदिक ज्ञानको विश्वव्यापी प्रचारप्रसारमा योगदान गर्नुभएका महर्षि महेश योगीको १०२ औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

नेपाल महर्षि वैदिक फाउण्डेशनले यस अवसरमा आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले विश्व शान्तिका लागि नेपालले नेतृत्व गर्नसक्ने महेश योगीको वाणीलाई पूरा गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् ।

विसं २०३१ मा टुँडिखेलमा आयोजना भएको प्रवचन कार्यक्रममा महर्षि महेश योगीले हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताएका थिए ।

कार्यक्रमममा भावातीत ध्यान शिक्षक मीनराज अधिकारीले हाल नेपालमा भइरहेको वैदिक अभियानका बारेमा जानकारी गराए । यसै अवसरमा नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा सामूहिक गुरूपुजन भावातीत ध्यान, महर्षि महेश योगीको जीवनी र योगदानका बारेमा चर्चा भएको थियो ।

कार्यक्रममा ब्रह्मचारीद्वय आत्माराम, रामप्रसादका साथै विगत ४० वर्षदेखि भावातीत ध्यानमग्न निकोलस वेडवर्थले महर्षि महेश योगी, भावातीत ध्यान एवं महर्षिले विश्व समुदायलाई दिनुभएको सन्देशका बारेमा प्रकाश पारेका थिए ।

संस्थाकी अध्यक्ष कल्पना घिमिरेले प्रत्येक शनिबार बिहान ८ बजे ध्यान परीक्षण आयोजना गरिने भएकाले सहभागी हुन आह्वान गरेका छन् । कार्यक्रममा ध्यान शिक्षिका एवं संस्थाका सदस्यहरू पप्पीदेवी रेग्मी, विमला शर्मा, लक्ष्मी पाण्डे, सरस्वती विष्ट, कल्पना गिरी, शकुन्तला पोख्ररेल, कल्पना अधिकारी पयश्वनी घिमिरे लगायतले शान्ति एवं आनन्द प्राप्तिका लागि महर्षिले बाँडेका भावातीत ध्यानको ज्ञान उपयोगी हुनेमा जोड दिएका थिए ।

यसैगरी विश्व शान्तिको सङ्कल्पसहित हाल देशभरका ७५ गुरुकुलमा वैदिक रुद्राभिषेक भइरहेको छ । ती गुरुकुलमा पनि महर्षि जयन्तीका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको थियो । ज्योर्तिमठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीसँग दीक्षा लिई महेश योगीले विश्वव्यापीरूपमा भावातीत ध्यानको अभ्यास शुरु गराएका थिए ।

हाल विश्वका १९२ देशमा भावातीत ध्यान साधना हुने गरेको छ । ध्यानका माध्यमबाट मानसिक क्षमताको विकास, राम्रो स्वास्थ्य, अरुसँगको व्यवहारमा सुधार र विश्व शान्तिका लागि सहयोग पुग्ने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको जनाइएको छ ।

बिहान, बेलुका २० र २० मिनेट ध्यान गर्ने साधकले तनावबाट मुक्ति पाई आनन्द अनुभूति गर्ने, स्मरण शक्ति बढ्नेलगायत फाइदा हुने अनुभव नियमित साधना गर्ने साधकले गर्नसक्ने सो अवसरमा जानकारी गराइएको थियो ।

वि.सं.२०७५ पुस ३० सोमवार १२:४७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...