back
CTIZAN AD

बेलायत मगर संघ युके (यूएचएसबी शाखा)ले मनायो माघे संक्रान्ति

वि.सं.२०७५ पुस ३० सोमवार

792 

shares

मगर संघ युकेको (यूएचएसबी शाखा)ले माघे संक्रान्ति तथा पितृ पूजा धुमधामका साथ सम्पन्न गरेको छ ।

साखाले जनवरी १२ का दिन मगरहरुको बाक्लो बस्ति रहेको अल्डरसट, क्याम्ब्रेली,फ्रान्बो तथा छिमे साथै अन्य स्थानका मगरहरुको सहभागीतामा भव्यरुपमा माघे संक्रान्ति तथा पितृ पूजा सम्पन्न गरेको हो ।


बिदेशी भूमीमा रहेर पनि आफ्नो मगर जातीको प्रमुख तथा महान पर्व माघे संक्रान्ति बेलायतको बिभीन्न ठाउँमा रहेका शाखाहरुले आफ्नै तरिकाबाट धुमधामसँग मनाएका छन् ।

बेलायतमा रहेका मगरहरूले धुमधामसँग मनाउन सुरूवात गरेको माघे संक्रान्ति तथा पितृ पूजा यस शाखाले २००८ देखी संस्थापक अध्यक्ष ले.सुनिल रानाको कार्यकालदेखी मनाउन सुरू गरेको हो ।


हरेक बर्षमा यस पर्वको दिन बार्षिक भेलाका साथ बिशेष पौराणिक पितृ पूजाको जिम्वारी पाएका संस्थापक उपाध्यक्ष हाल सल्लाहकार ओमप्रसाद थापा काउचाले हरेक बर्ष बिषेस पूजा सन्चालन गर्दै आएका छन् ।


शाखाका अध्यक्ष लेख राना र पूजा सयोजक तथा सल्लाहकार ओम थापा काउचाको संयुक्त प्रस्तावमा कार्यसमितिबाट पारित गरे अनुसार पुजामा भक्तजनहरूले पितृका नाममा चढाइएको दक्षिणा पुन्यकार्यमा खर्च गरिने निर्णय भएको थियो । सोहि अनुरूप यसपटकको दक्षीणा झण्डै एक हजार पाउण्ड संकलन भएको भएको पुजारी थापाले जानकारी दिएका छन् ।


उक्त रकम रशमोरको अल्डरसटमा एक नेपाली कम्युनिटी हल खÞरीद गर्नु लागेको शिवकल्चर कम्युनिटी सेन्टरलाई दान गर्ने निर्णय गरिएको छ । उक्त कम्युनिटी हलका निम्ति बिभिन्न संघसंस्थाको सहयोगमा रकम संकलन गरिरहेको अवस्थामा मगरहरूबाट केही सहयोग गर्ने निर्णय गरिएको पुजारी थापाले जानकारी दिएका छन् ।

गत बर्ष पनि साखाले धु्र्मुस सुन्तली फाउन्डेशनद्धारा निर्मित मुसहर बस्तीका गरिव दलीत समुदायहरूको निम्ती एक घर निर्माण खर्च सहयोग गरेको थियो । यस्तै बिगत बर्षहरूमा पनि पुण्य कार्यमा सहयोग गर्दै आएको छ ।


शाखाका अध्यक्ष लेख रानाको अध्यक्षता रहेको उक्त कार्यक्रममा सचिव बिर बलालको संचालन रहेको थियो ।
तोकिएको समय भन्दा केही ढिलो सुरु भएको कार्यक्रमको पहिलो चरणमा पौराणिक पितृ पूजा संयोजक ओम थापा काउचा र कर्ता पुजारीहरूमा बृद्ध बुवाबाट ओम बहादुर थापा र होम बहादुर श्रीस, मध्य उमेरबाट गणेश थापाले बिधीपूर्वक पुजा सम्पन गरे पश्चात सम्पूर्ण सहभागी भक्तजन हरूको पुजा सुरू भएको थियो ।


उपाअध्यक्ष श्रीमती हेमा रानाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय मगर लेडीज संघ युकेकी अध्यक्ष श्रीमती छबीमाया पुन र साखाका लेडिज कमिटीका अध्यक्ष श्रीमती पदम थापाको संयोजनमा दिदी बहीनी हरूबाट माघेसक्रान्ति प्रसाद ग्रहण गरिएको थियो ।
कार्यक्रममा सचिव बिर बलालको नौमतीको मंगल धुनसँगै पूजा बिसर्जन तथा अध्यक्ष लेख रानाको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको थियो ।

मगर सघ युकेका उपाध्यक्ष श्रीमती अनीता राना मगरको प्रमुख आतिथ्यता, नेपाल पत्रकार संघ बेलायत साखाका अध्यक्ष पत्रकार नरेश खपाड्गी मगरको विशेष आतिथ्यता तथा मगर संघ युकेका निबर्तमान अध्यक्ष दुत पुन मगर, पूर्वअध्यक्ष मेजर रिटायर कुल थापामगर, मगर महिला संघ युकेका अध्यक्ष साथै बाग्लुड समाज युकेकी श्रीमती छबीमाया पुन मगर, मगर संघ युके सुईन्ण्डन साखाका उपाध्यक्ष कुमार रानामगर, मगर संघ युकेका सल्लाहकारहरू लेप्टनकर्नल रिटायर याम राना मगर उनकी धर्मपत्नि साथै मेजर देबेन्द्र आले मगर, क्याप्टेन रि हरी थापा मगर, क्यायाप्टन रि बिर थापा गाहा मगर, साखा संस्थापक अध्यक्ष केन्द्रका सल्लाहकार लेप्टन रि सुनील राना, विवेकवान अध्यक्ष क्याप्टेन रि टाम ढेगा मगर, केन्द्रका सल्लाहकार ओम थापा काउचा मगर, मगर महिला संस्थापक गोमा राना, सल्लाहकार बेल बुढाथोकी, श्रीमती नरमती पुन काउचाको आतिथ्यता रहेको थियो ।


सोहि अवसरमा माघे सक्रान्तीको बारेमा पुजारी थापाले प्रकास पारेका थिए भने नयाँ पुस्ताकबाट द्धय नानीहरू आर्जन थापा ट्रिषा थापाले अंग्रेजीबाट यस पर्व बारे पढेर सुनाएका थिए । लगतै दिवंगत पितृहरूको आत्माका शान्तिको निम्ती २ मिनेट मौनधारण गरिएको थियो ।

त्यसैगरी उल्लेखनीय उपलब्धि प्राप्त गरेका मगर समुदायका नानीहरु र अन्यलाई अध्यक्ष तथा बिशेष अतिथिबाट सम्मान गरिएको थियो ।

त्यस्तै तेस्रो चरणमा अल्डरसट प्यालेस रेस्टुरेन्ट एण्ड बारका प्रोपाईटरहरूद्धारा व्यवस्था गरिएको स्वादिष्ठ खानपानको संयोजन संयोजक रिषीराम राना र कृष्ण थापाले गरेका थिए ।

चौथो चरणमा सांस्कृतिक मनोरंजन कार्यक्रमको जिम्मा पाएका नवयुवाहरू लक्ष्मी राना र सुर्कषा रानाले रोचक रुपमा कार्यक्रम सञ्चालन गरेका थिए । जसमा नवयुवाहरुबाट मगरहरूको चर्चित सामुहीक कौडा नृत्य प्रस्तुत गरिएको थियो । साथै आकर्षक टिपीकल मगर सोरठी नाच पुजारी संयोजक ओम थापा, अध्यक्ष लेख राना, उपाअध्यक्ष नरेश थापा, मगर महिला संघकी अध्यक्ष छबी पुन र सल्ल्हाकार श्रीमती गोमा रानाको संयुक्त प्रस्तुति रहेको थियो ।

लोकदोहरी राष्ट्रिय गायक मनसुधन थापा मगर र गायिका सिला गुरूङको संयुक्त धमाका, नानीहरूको मोडल नाच र बृद्ध बुवा गायक के रि बिर थापाले ‘जहाँ छन् बुद्धका आँखा’ र राष्ट्रिय भावनाले ओतप्रोत गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाएका थिए ।

प्रथम नौमती बाजा गुल्मी युके समुहको आकर्षक धुनसँगै स्थानीय कोसेली ग्रुपको बेजोड प्रस्ततिमा उपस्थित सबैले एकै ठाउमा रमाउदै नाचेर मनोरन्जन लिएका थिए । साथै गोर्खा साऊण्ड एण्ड डिजेको पनि रमाइलो प्रस्तुति रहेको थियो ।

सोहि कार्यक्रमका लागि टिकट तथा सुरक्षाको बन्दोबस्त कोषाध्यक्ष हिरा पुनले गरेका थिए भने पेय पदार्थको बन्दोबस्त अशोक थापाको नेतृत्वमा भोलियन्टरहरु खटेका थिए ।
त्यस्तै कार्यक्रममा नयाँ सदस्यहरू दर्ता गर्ने तथा नबिकरण गर्ने काममा सेक्रेटरी निर्मल श्रीसले गरेका थिए ।

वि.सं.२०७५ पुस ३० सोमवार १८:५७ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...