१ माघ काठमाडौ । शंकास्पद प्रवेशाज्ञा भिसा वाहक दुई नाइजेरियाली पक्राउ परेका छन् । नाइजेरियाको राहदानीमा भएको नेपालको भिसा शंकास्पद देखिएपछि त्रीभुवन अन्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले उनीहरुलाई समातेको हो ।
नाइजेरियालीले नेपालमा अनअराइभल भिसा पाउँदैनन् । उनीहरु नेपाल आउन नजिकको मुलुकमा रहेको नेपाली दूतावास वा कन्सुलेटबाट भिसा लिनुपर्छ । त्रिवि अध्यागमन कार्यालयले गत शुक्रबार र शनिबार नाइजेरियाली ओनओरा नेवेचकवा र अंजम एन्थोनीलाई नियन्त्रणमा लिएको हो । नाइजोरियालीहरु विगतमा लागुऔषध कारोबारलगायत आपराधिक गतिविधिमा समेत संलग्न पाइएको थियो । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ १ मंगलवार ०८:०७ मा प्रकाशित