back

घर गोठमा आगलागी हँुदा पाँच लाखको क्षति

वि.सं.२०७५ माघ २ बुधवार

435 

shares
GLOBAL IME AD
NTC AD

२ माघ, कञ्चनपुर । कञ्चपुरको शुक्लाफाँटा नगरपालिका–८ पिलरीफाँटामा गए राति आगलागीबाट एक घर र गोठ जल्दा रु पाँच लाख बढीको क्षति भएको छ ।

आगलागीबाट स्थानीय गोपाल भुलको घर र चन्द्रा भुलको गोठ जलेर पूर्णरूपमा नष्ट भएको छ । गोपाल भुलको घरमा जडान गरिएको सौर्य बत्तीबाट विद्युत् चुहिएर सल्केको आगोले घरभित्र रहेको चार आना सुन, सोलार प्यानल, खानाका लागि राखिएका धान, गहँु, चामल, ओढ्ने बिछ्याउने लुगाफाटा, लगाउने लुगा र भाडाकुँडा गरी करीब रु चार लाखको क्षति भएको वडाध्यक्ष बहादुर महराले बताए ।

त्यसैगरी, घरमा लागेको आगो नजिकै रहेको चन्द्र भुलको गोठमा आगो सल्किन पुगी गोठमा राखेको पराल, भुसा र लत्ताकपडासहित रु एक लाख ५० हजार बराबरको सरसामान जलेर नष्ट भएको वडा कार्यालयले जनाएको छ ।

स्थानीयवासी, शुक्लाफाँटा नगरपालिका–८ को वन वातावरण तथा विपत व्यवस्थापन र वन्यजन्तु सुरक्षा विशेष युनिटको सहयोगमा आगो नियन्त्रणमा आएको वडाध्यक्ष महराले बताएका छन् ।

वि.सं.२०७५ माघ २ बुधवार ११:३६ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली...

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...