back
CTIZAN AD

इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

वि.सं.२०७५ माघ ४ शुक्रवार

783 

shares

४ माघ, काठमाडौ । इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो । ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले तीन, कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले एक÷एक विकेट लिएका थिए । प्रतियोगितामा नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इण्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो ।

एघार रन बनाउँदा इण्डोनेसियाले पहिलो विकेट गुमाएको थियो भने दोस्रो विकेट १९ रन, त्यसपछि आठ रन जोड्ने क्रममा इण्डोनेसियाले आठ विकेटनै गुमाउन पुगेको थियो । ९२ रनको जित, टि–२० अन्तर्राष्ट्रिय नेपाली महिला टिमको सबैभन्दा ठूलो रन अन्तरको जित हो । विकेटको आधारमा प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । सीताले बनाएको ४८ रन कुनै पनि नेपाली महिला खेलाडीको टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत योगफल हो । यसअघि सीतालेनै युएईसँग बनाएको ३७ रन सर्वाधिक व्यक्तिगत योगफल थियो ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १२० रन बनाएको थियो । नेपालले पुरै २० ओभर खेल्दै तीन विकेट गुमाएर १२० रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले उकृष्ट ब्याटिङ गर्दै ४८, काजल श्रेष्ठले १४ रन बनाइन । यस्तै इन्दु बर्मा ३७ अविजित रहिन् । अब नेपालले शनिबार हुने फाइनल खेलमा आजै हुने दोस्रो सेमिफाइनल थाइल्याण्ड र युएईबीचको विजेतासँग खेल्नेछ । समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई छ विकेटले, तेस्रो खेलमा युएइलाई छ विकेटले र अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले हराएको थियो ।

वि.सं.२०७५ माघ ४ शुक्रवार १२:१७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...