
४ माघ काठमाडौ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कुस्माको मालढुंगामा भएको सवारी दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।
सभामुख अधिकारीले विहिबार विहान पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं १ मालढुंगा बेनीबाट नारायनगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको र अन्य यात्रुहरु गम्भिर घाइते भएको खबरले आफुहरु अत्यन्त मर्माहत र दु:खी भएको एक विज्ञप्ती मार्फत बताएका छन् ।
सभामुख अधिकारीले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘दुर्घटनामा मृत्यु हुने सबै यात्रुहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै यस दु:खद घडिमा शोकाकुल परिवारजन तथा इस्टमित्रहरु प्रति गहिरो समवेदना व्यक्त गर्दै धर्यधारण गर्ने शक्ति प्राप्त होस भनी कामना गर्दछु ’ ।
सभामुख अधिकारीले घाइते यात्रुहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार एवम उपचार कार्यमा संलग्न सबैमा हार्दिक आभार समेत व्यक्त गरेका छन् ।