back

भारतले बनाउन लागेको डिललाई नेपाली पक्षद्वारा रोक्का

वि.सं.२०७५ माघ १० बिहीवार

483 

shares
GLOBAL IME AD
NTC AD

१० माघ, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार नजीक नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतले बिना सहमति डोजरको प्रयोग गरी डिल बनाउन थालेपछि त्यसलाई नेपाली पक्षले रोक्न लगाएको छ ।

स्थानीय बासिन्दाका अनुसार सीमा स्तम्भ नं १७१ र ७७३ नजीकको क्षेत्रमा भारतले डिल र नाली निर्माण गर्न थालेको हो । दुवै देशबीच दशगजा क्षेत्रमा कुनै पनि किसिमको संरचना बनाउन नपाइने नियम छ । भारतीय पक्षले बुधबारदेखि सीमा क्षेत्रमा डोजरको प्रयोग गरी डिल र नाली बनाउन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीय सञ्चारकर्मी दीपेन्द्र बस्नेतका अनुसार भारतीय पक्षले दशगजा क्षेत्रको झण्डै ६० मिटरभन्दा बढी क्षेत्रमा नाली र माटोको डिल बनाएको छ । नेपाल पक्षसँग कुनै पनि सहमति नलिईकन भारतीय पक्षले नाली र डिल बनाउन थालेपछि अर्को आदेश नहुँदासम्मका लागि रोक्न लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

“अहिले डिल र नाली बनाउने कार्य रोक्न लगाएका छौँ,” उनले भने । भारतले दशगजा क्षेत्रमा बनाउँदै गरेको डिलबारे बुझ्नका लागि प्रजिअ र सुरक्षा निकायको टोली त्यसतर्फ गएको उनले जानकारी दिए । सीमामा रहेको फोहर र छाडा चौपाया भारतीय संरक्षित वन दुधुवा क्षेत्रमा नजाओस् भनेर डिल बनाउन थालेको भारतीय पक्षले जनाएको छ ।

वि.सं.२०७५ माघ १० बिहीवार १८:२६ मा प्रकाशित

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने...

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु...

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को...