back
CTIZAN AD

राप्रपा (संयुक्त) गठनका लागि हस्ताक्षर, चुनाव चिह्न ‘हलो’ राख्ने सहमति

वि.सं.२०७५ माघ १७ बिहीवार

831 

shares

कृष्णराज गौतम

१७ माघ, काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ ।

सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाका रुपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा पार्टीले अवलम्बन गर्नेछ । संविधानको असहमतिलाई यथावत् कायम राख्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहने उक्त पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादका साथै असंलग्न परराष्ट्र नीतिलाई पार्टीले आधार बनाएको छ ।

राप्रपा (प्र)का अध्यक्ष पशुपतिशम्शेर जवरा र एराप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टी एकताका लागि आज हस्ताक्षर गरेका छन् । देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त र अवधारणालाई संरक्षण गरी एकता प्रक्रिया अगाडि बढाउने उद्देश्यसाथ चावहिलस्थित केन्द्रीय कार्यालयमा दुवै नेताले आज हस्ताक्षर गरेका हुन् ।

अध्यक्ष डा लोहनीले मुलुकमा भएका राजनीतिक परिवर्तनअनुसार जनतालाई अधिकार सम्पन्न तथा उनीहरुको सामाजिक रुपान्तरण हुन नसकेका कारण एकता गरिएको बताए । अर्का अध्यक्ष राणाले अहिलेको अवस्थामा कुनै पनि दलको एक्लो प्रयासले राष्ट्रको विकास र समृद्धि सम्भव नरहेको बताउँदै देश र जनताको हितअनुसार नीति बनाएर सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।

शुक्रबार एकता घोषणा गरिने र एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण गरिनेछ । करीब एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ ।

महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन गरिनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ । दैनिक कार्य सञ्चालनका लागि दुई अध्यक्ष रहेको निर्देशन समिति गठन गरिने र समितिको अध्यक्षता आलोपालो गर्ने राप्रपा (प्र) नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

सचिवालयको काम, कर्तव्य र नियुक्ति तथा अधिकारसम्बन्धी कार्यविधि निर्माण र जिम्मेवारीको बाँडफाटका लागि विभाग गठन गरिनेछ । पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयन सहमतिमा गरिनेछ । नेता सुन्दर पाण्डेका अनुसार चुनाव चिह्न ‘हलो’ राख्ने सहमति भएको नयाँ पार्टीमा कार्य सम्पादनको सिलसिलामा कुनै बाधा अड्काउ आइपरेमा निर्देशक समितिले सहमतिका आधारमा निर्णय लिनेछ ।

एकतापछि दुवै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उत्साहका साथ सङ्गठन विस्तारमा क्रियाशील हुन आग्रह गरिएको छ । देशका सबै गाउँपालिकामा छरिएर रहेका पार्टी कार्यालयहरुमा दीपावली गर्न अनुरोध गरिएको छ । मुलुकमा बहुदलीय प्रणालीको व्यवस्था भएपछि तीन दशक लामो पञ्चायती व्यवस्थामा क्रियाशील नेताहरुले विसं २०४७ जेठ १५ गते स्थापना भएको उक्त पार्टी विभिन्न कारणले जुट्ने र फुट्ने गर्दै आएको छ ।

वि.सं.२०७५ माघ १७ बिहीवार २०:१२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...