back

राप्रपा (संयुक्त) गठनका लागि हस्ताक्षर, चुनाव चिह्न ‘हलो’ राख्ने सहमति

वि.सं.२०७५ माघ १७ बिहीवार

165 

shares
NTC AD
Global IME AD

कृष्णराज गौतम

१७ माघ, काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ ।

सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाका रुपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा पार्टीले अवलम्बन गर्नेछ । संविधानको असहमतिलाई यथावत् कायम राख्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहने उक्त पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादका साथै असंलग्न परराष्ट्र नीतिलाई पार्टीले आधार बनाएको छ ।

राप्रपा (प्र)का अध्यक्ष पशुपतिशम्शेर जवरा र एराप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टी एकताका लागि आज हस्ताक्षर गरेका छन् । देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त र अवधारणालाई संरक्षण गरी एकता प्रक्रिया अगाडि बढाउने उद्देश्यसाथ चावहिलस्थित केन्द्रीय कार्यालयमा दुवै नेताले आज हस्ताक्षर गरेका हुन् ।

अध्यक्ष डा लोहनीले मुलुकमा भएका राजनीतिक परिवर्तनअनुसार जनतालाई अधिकार सम्पन्न तथा उनीहरुको सामाजिक रुपान्तरण हुन नसकेका कारण एकता गरिएको बताए । अर्का अध्यक्ष राणाले अहिलेको अवस्थामा कुनै पनि दलको एक्लो प्रयासले राष्ट्रको विकास र समृद्धि सम्भव नरहेको बताउँदै देश र जनताको हितअनुसार नीति बनाएर सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।

शुक्रबार एकता घोषणा गरिने र एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण गरिनेछ । करीब एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ ।

महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन गरिनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ । दैनिक कार्य सञ्चालनका लागि दुई अध्यक्ष रहेको निर्देशन समिति गठन गरिने र समितिको अध्यक्षता आलोपालो गर्ने राप्रपा (प्र) नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

सचिवालयको काम, कर्तव्य र नियुक्ति तथा अधिकारसम्बन्धी कार्यविधि निर्माण र जिम्मेवारीको बाँडफाटका लागि विभाग गठन गरिनेछ । पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयन सहमतिमा गरिनेछ । नेता सुन्दर पाण्डेका अनुसार चुनाव चिह्न ‘हलो’ राख्ने सहमति भएको नयाँ पार्टीमा कार्य सम्पादनको सिलसिलामा कुनै बाधा अड्काउ आइपरेमा निर्देशक समितिले सहमतिका आधारमा निर्णय लिनेछ ।

एकतापछि दुवै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उत्साहका साथ सङ्गठन विस्तारमा क्रियाशील हुन आग्रह गरिएको छ । देशका सबै गाउँपालिकामा छरिएर रहेका पार्टी कार्यालयहरुमा दीपावली गर्न अनुरोध गरिएको छ । मुलुकमा बहुदलीय प्रणालीको व्यवस्था भएपछि तीन दशक लामो पञ्चायती व्यवस्थामा क्रियाशील नेताहरुले विसं २०४७ जेठ १५ गते स्थापना भएको उक्त पार्टी विभिन्न कारणले जुट्ने र फुट्ने गर्दै आएको छ ।

वि.सं.२०७५ माघ १७ बिहीवार २०:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...