१८ माघ, काठमाडौं । कोलकोता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प भएको छ । रेलमार्गबाट आउने कन्टेनरमा विद्युतीय ट्रयाकिङ प्रणाली (इलेक्ट्रिक कार्गो ट्रयाकिङ सिस्टम–इसिटिएस) कायान्वय गरिने भएपछि स्थानीय भन्सार क्लियरेन्स एजेन्ट, नेपाल ट्रक एन्ड टेलर अनर्स एसोसीएसनले संयुक्त रुपमा नेपालतर्फको ढुवानी ठप्प पारेका हुन् ।
तेस्रो मुलुकबाट भारतको कोलकोता बन्दरगाह भएर सोझै, नेपाल आइपुग्ने भएपछि स्थानीय ऐजेन्ट, ट्रक, टेलर तथा ढुवानीकर्ताले अवरोध गरेका हुन् । आजको अन्नपूर्णपोस्ट दैनिकबाट