back
CTIZAN AD

जर्मनीमा गोर्खालीहरुको भेला सम्पन्न, अध्यक्षमा वाशु अर्याल

वि.सं.२०७५ माघ २३ बुधवार

828 

shares

जर्मनीमा रहेका गोर्खालीहरुको बृहद भेला सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जिवा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा संघका उपाध्यक्ष कुमार पन्त, संघका संस्थापक रामप्रताप थापा, गैरआवासीय नेपाली संघ फ्रान्सका संस्थापक हरिहर अर्याल तथा गोर्खाली समाज बेल्जियमका अध्यक्ष राम घले समेतको विशेष उपस्थितिमा सम्पन्न भएको भेलाले वाशु अर्यालको अध्यक्षतामा गोर्खाली समाज जर्मनी गठन गरेको हो ।

गोरखामा लगानी तथा परोपकारको मूल उद्देश्य राखेर गठन भएको गोर्खाली समितिको पदाधिकारीहरुमा उपाध्यक्ष बन्दना पन्त, महासचिव सुजन थापा, सचिवमा जीवन ढकाल र कोषाध्यक्षमा राधिका खनाल रहेका छन् भने सदस्यहरुमा डा. सरोज अर्याल, सारदा देवकोटा, पार्वती फुँयाल, ज्योती चालिसे र तोयानाथ खनाल रहेका छन् ।

त्यस्तै आवस्यकता अनुसार थप क्षेत्रहरुको प्रतिनिधित्व हुनेगरी सदस्य थप गर्दै जानका लागि समाजलाई भेलाले अनुमति समेत दिएको छ ।

त्यस्तै समाजको सल्लाहकारमा जिवा लामिछाने, कुमार पन्त, रामप्रताप थापा र कृष्ण गौतम रहेका छन् ।


गोर्खाली सामाजका अभियन्ता वाशु अर्यालको सभापतित्व र सुजन थापाको सञ्चालनमा भएको प्रथम खुल्ला सत्रमा सरोज अर्यालले युरोपको विभिन्न स्थानबाट आएका अतिथिहरुलाई मन्तब्यमार्फत स्वागत गरेका थिए । त्यस्तै बालकलाकारत्रय कुशल पन्त, समृद्धि पन्त र वर्षा पन्तले एक बाल प्यारोडी गीतमार्फत भेलालाई उर्जा प्रदान गरेका थिए ।
गोर्खाली समाज बेल्जियमका अध्यक्ष राम घलेले विशेष मन्तव्यको क्रममा निर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । उनले गोर्खालीहरुको संजाल बिस्तारले आफूलाई उर्जा थपेको बताए ।


परिचय उपशीर्षकमा उपस्थित सबैबीच कुशलताको आदानप्रदान गरिए लगत्तै समाज गठनको औचित्यताबारे एक बहस शुरु गरिएको थियो । बहसको क्रममा अग्रज अभियन्ता हरिहर अर्यालले माटोप्रतिको मोहले जन्मिएको गोरखाली समाज परिवार संगै बसेर दुःख–सुखका गफ गर्ने सानो घर भएको बताए ।

यसको उद्देश्य आफ्नो गाउँ वा जिल्लाबारे सूचना आदान प्रदान, पर्यटकीय सम्भावनाको खोजी, कृषिलगायत लगानीका क्षेत्रहरुको पहिचान, सम्भावित क्षेत्रमा योजना निर्माण र लगानी प्रबाहबारे बहस र तात्कालिक परोपकारी राहत रहेको बताए ।

त्यस्तै एनआरएन अभियन्ता कुमार पन्तले घर, गाउँ, क्षेत्र र जिल्लाको सम्वेदनाले मानवीय चेतनालाई तुरुन्त प्रभाव पार्ने हुँदा जिल्लावासी संगठित हुनु राम्रो हो भन्दै परिवार, गाउँ जिल्ला र क्षेत्रको एकता राष्ट्रिय एकताको आधार बन्नुपर्ने तर्क राखेका थिए । उनले ठूला लगानी भन्दा गाउँमा संयुक्त रुपमा टुक्रे लगानीले गाउँले साना किसानहरुलाई आत्मनिर्भर बन्न सघाउनेु कुरा स्पष्टसँग राखेका थिए ।

अग्रज अभियन्ता रामप्रताप थापाले तयार पारेको कार्यपत्रबारेको बहसमा कुनै पनि विकास योजनाको शुरुवात सानो क्षेत्रबाट नै शुरु हुने बताउँदै गोरखा लगानी प्रबद्र्धन समितीले बहसको लागि तयार पारेको कार्यपत्र एकपटक पढ्नु थापाले सबैलाई अनुरोध गरेका थिए ।
‘धेरै मेहनतपछि तयार पारेको कार्यपत्र सबै आप्रवासी गोर्खाली मात्र नभएर नेपालीहरुको लागि समेत आधार पत्र हुन सक्ने’ भन्दै उनले लगानीको लागि प्रचुर सम्भावना बोकेको गोरखा नेपालीहरुको पहिलो छनौटमा पार्न अझ धेरै प्रयत्न गर्नुपर्नेु भनाई राखेका थिए ।


त्यस्तै एनआरएनएका पूर्वअध्यक्ष जिवा लामिछानेले समेत भेलामा आफ्नो भनाई राखेका थिए । ‘छलफलको क्रममा आएका र प्रस्तुत कार्यपत्रले निर्दिष्ट गरेका गोरखामा लगानीका सम्भाबनाबारे बहसले आफ्नो चासो बढेको’ भन्दै उनले गोरखामा लगानीको वस्तुगत, विषयगत र क्षेत्रगत सम्भाव्यताबारे अझ बहस गरिनुपर्ने बताए । लामिछानेले गोर्खाली समाजको स्थापनाले जिल्लागत विकासको लागि लगानीबारे बहसको एउटा प्लेटफर्म उपलब्ध गराएको भन्दै सबै जिल्लावासीहरु क्षेत्रगत रुपमा समेत संगठित हुँदै लगानी छनौट,उपयुक्त योजनाको पहिचान र निर्माण, बजेटको तर्जुमा लगानीकर्ताको खोजी गर्नको लागि अनुरोध गरेका थिए ।

गोरखामा सुन्तलाखेतीको प्रचुर सम्भाबना भएको भन्दै त्यसमा लगानी गर्न आफु उत्सुक भएको लामिछानेले मन्तव्यको क्रममा बताए।

प्रतिबद्धता मन्तव्यको क्रममा विकास, समृद्धि प्रेम र समबेदनाको परिधिबारे बोल्दै गोर्खा समाज जर्मनीका अध्यक्ष बासु अर्यालले भने, ‘यी कुराहरु परिवार, गाउँ र जिल्लासंग प्रवल रुपले जोडिँदै देशको हितमा समाहित हुन्छन् । मानवीय हित, प्रेम र भावनाका अन्य उत्कण्ठाहरुको लहर अन्ततः अन्तराष्ट्रिय मानवतामा समाहित हुने हो । गोर्खाली समाजको गठन यही सकारात्मकताको लागि पहिलो प्रयास हो ।’

वि.सं.२०७५ माघ २३ बुधवार १५:३९ मा प्रकाशित

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...