back
CTIZAN AD

 कान्साइको ओसाकामा देउसी भैलो कार्यक्रम सम्पन्न

वि.सं.२०७३ कात्तिक १३ शनिवार

1.2K 

shares

japan3

कान्साई क्षेत्रमा अध्यनरत बिध्यार्थीहरुको समूह बिन्दास गाइज को आयोजनामा ओसाकामा अक्टोबर २७ तारिक का दिन सुभ दिपावलीको अवसर पारि मिनातो कुमिन सेन्टर बेन्तेंचो मा देउसी भैलो कार्क्रमको साथमा बिबिध संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ|

 एनआरएनए आइ सी सी सदस्य तुलसीराम खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मा अतिथिको रुपमा एनआरएन कान्साइका संयोजक टिकाराम कंडेल,निबर्तमान संयोजक नरेन्द्र बस्नेत(दिनेश)दिप्श्री मेडियाका अध्यक्ष प्रुरुशोतम लामिछाने लगायत विभिन्न संघ संस्था का प्रतिनिधि हरु को साथमा कान्साई क्षेत्रमा बसोबास गर्ने युवा पुस्ताको बाक्लो उपस्थिति रहेको थियो|

japan2

राष्ट्रिय गानको साथमा तिहार सम्बन्धि भैलो गीतको नृत्य बाट सुरु भएको संस्कृतिक कार्यक्रम मा मनोज प्रतिक गुरुङ,दिनेश केसी लगायतले आफ्नो सुमधुर स्वर ले उपस्थित दर्सक हरुलाई मनोरंजन दिलाएका थिए भने टोक्यो बाट आमन्त्रित इल्यूजन बेन्ड ले युवा पुस्ताका दर्सक हरुलाई आफ्नो बेजोड प्रस्तुति मार्फत नचाएका थिए|

japan1

 कार्यक्रममा स्थानीय अन्य कलाकारहरुले पनि आफ्नो नृत्य प्रस्तुत गरेका थिए| जापानमा आयोजना हुने अधिकांश कार्यक्रम हरु भन्दा पृथक तरिकाले मन्तब्य हरु लाइ बिसेष कटौती गर्दै पूर्ण रुपमा मनोरंजन मा केन्द्रित भै सुरु देखि अन्त्य सम्म भरपुर मनोरंजन लिन पाएकोमा उपस्थित अधिकांस दर्सक हरुले कार्यक्रमको खुलेर प्रसंशा गरेका थिए| सामान्य खानपिन सहित को पूर्ण संस्कृतिक कार्यक्रम मा गोला प्रथा द्वारा बिजयी हरुलाई विभिन्न प्रायोजक हरुबाट प्राप्त उपहार पनि प्रदान गरिएको थियो| निमा मालाकार र नबराज गौतम ले संचालन गर्नु भएको कार्यक्रम मा आयोजक को तर्फबाट बिनय ताम्राकार ले छोटो समयको बाबजुद कान्साइका विभिन्न संस्था हरुलागायत अन्य अग्रज हरुको सहयोग ले सफलता पुर्बक कार्यक्रम आयोजना गर्न सफल भएकोमा सम्पूर्ण सहयोग दाता सहयोगी संघ संस्था हरु र प्रत्यक्ष,अप्रत्यक्ष सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो|

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०६:१६ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...