५ फागुन, काठमाडौ । पुस १९ गतेको मन्त्रीपरिषद् बैठकले आयोग बनाएर वाइड बडी घोटालाको अनुसन्धान गर्न पूर्वन्यायाधिश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा सहितको तीन सदस्यीय आयोग गठन गरेको थियो ।
विमान खरिद सम्बधमा उठेका विषयमा छानबिन गरेर ४५ दिनभित्र प्रतिवेदन बुझाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सन्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले त्यतिबेला जानकारी गराएका थिए ।
इता संसद्को सार्वजानिक लेखा समितिले वाइड बडीविमान खरिदमा चार अर्ब ३५ करोड घोटाला भएको निष्कषशर्् निकाल्यो । सोही अनुसार विस्तृत छानबिन गरेर कारबाही थाल्न लेखा समीतिले पुस २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठायो । आइतबारको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् ।
वि.सं.२०७५ फागुन ५ आइतवार ०७:५९ मा प्रकाशित






























